माइतीमा आफन्तसँगै सुतेकी महिलाको घाँटी रेटेर हत्या
जाजरकोट– यहाँको भेरीगंगा नगरपालिका वडा नं. ३ सानोजात्रीमा सोमवार राती एक महिलाको घाँटी रेटेर हत्या गरिएको छ । भेरीगंगा नगरपालिका वडा नं. ७ लोदे घर भई भेरीगंगा नगरपालिका–३, सानोजात्री माइती घरमा आएकी २८ बर्षिया धनसरा कुमाल मगरको घाँटी रेटि हत्या भएको हो । गएराती माइलीमा आफन्त सहित सुतेकी धनसरालाई सुतेकै अवस्थामा घाँटी रेटिएको प्रहरीले जानकारी दिएको छ । उनी २ छोरी र १ छोरा, भाउजु, बहिनी, भदैनी संगै सुतेको अवस्थामा अरु कसैलाई थाहा नदिई घाँटी रेटेर हत्या गरेको छ । राती ३ः०० बजे मात्रै संगै सुतेका अन्य आफ्न्तले थाहा पाएका थिए । थाहा पाए लगत्तै गाउँले र प्रहरीलाई खबर गरिएको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार राती नै प्रहरी निरिक्षक जैसिंह विष्ट नेतृत्वको प्रहरी टोली घटना स्थल पुगेको छ । केही दिनदेखि श्रीमान संग झगडा भएको, पटक पटक फोनबाट श्रीमानले धम्काउने गरेको उनका आफ्न्तले बताएका छन् । उनका श्रीमान् विरबहादुर कुमार फरार रहेका छन् । घटनामा संलग्न भएको आशंकामा केही व्यक्तिहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली मृत्यु प्रकरण : सरकार र पीडित परिवारबिच ९ बुँदे सहमति
-
बजेट अभावले लम्बियो लमजुङ दरबार पुनर्निर्माण
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक
-
दैनिक २० जनाले गरिरहेछन् आफ्नै जीवन नास, के गरिरहेछ सरकार ?
-
बौद्धिक सम्पत्ति संरक्षणका लागि उजुरी दिनेको सङ्ख्या बढ्दो
-
निष्क्रिय खाताप्रति पहिलोपटक संवेदनशील बन्यो राष्ट्र बैंक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण