घरको छतबाट खस्दा मजदुरको मृत्यु
मङ्गलबार, ०७ असार २०७३, १३ : ३३
दाङ –घरको छतबाट खस्दा दाङमा एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा सिसहनिया गाविस वडा नम्बर १ निवासी बर्र्ष २० का रिसमान चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । चौधरी घर निर्माणको कामका लागि घोराही नगरपालीका ११ मा बस्दै आएका थिए । उनि आज विहान छत बाट खसेको र उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रबक्ता प्रकाशराज शर्माले बताए । उनको शव पोष्र्टमाटमका लागि राप्ती उपक्षेत्रिय अस्पताल घोराहीमा राखिएको छ । यस्तै हिजो मृत अवस्थामा एक जनाको शव फेला परेको छ । घोराहि ८ रातामाटा बस्ने बर्ष १६ का अर्जुन सुनारको शव फेला परेको प्रहरीले बताएको छ । केहि दिन अघि देखि हराई रहेका सुनारको शव मनकामना सामुदायिक बनमा फेला परेको हो । यि दुवै घटनाको बारे थप अनुसन्धान भैरहेको प्रहरी प्रवक्ता शर्माको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली मृत्यु प्रकरण : सरकार र पीडित परिवारबिच ९ बुँदे सहमति
-
बजेट अभावले लम्बियो लमजुङ दरबार पुनर्निर्माण
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक
-
दैनिक २० जनाले गरिरहेछन् आफ्नै जीवन नास, के गरिरहेछ सरकार ?
-
बौद्धिक सम्पत्ति संरक्षणका लागि उजुरी दिनेको सङ्ख्या बढ्दो
-
निष्क्रिय खाताप्रति पहिलोपटक संवेदनशील बन्यो राष्ट्र बैंक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण