इटहरी जलमग्न हुँदा... (फोटोफिचर)
इटहरी– चार घण्टासम्म परेको अविरल वर्षाले इटहरी जलमग्न भएको छ । इटहरी उप–महानगरपालिका घोषणा भए पनि यहाँको खोला र ढल निकासको उचित व्यवस्थापन नहुँदा हरेक बर्ष इटहरी जलमग्न हुने गरेको हो । इटहरी क्षेत्रका २० बर्ष पुराना ढलको उचित सरसफाई र ढलको मर्मत नगर्दा यो समस्या आउने गरेको छ । साथै इटहरी आसपाँसबाट बग्ने खोलाहरु पनि पुरिदा बाढी मानव बस्ती तर्फ पस्दा घरहरु डुबानमा परेका छन । इटहरीको १, ७,८ र ९ नंम्बर वार्ड मा बाढी पसेर करिब ६ सय बढी घरहरु डुबानमा परेका छन । बिषेश गरी इटहरीको टेग्रा खोलामा आएको बाढी मानव बस्ती तर्फ पसेको हो । प्रत्येक बर्ष बर्खायाममा खोला सफाई नगर्दा बाढी बस्ती तर्फ पस्ने गरेको छ । स्थानियका अनुसार बाढी घरघरमा पसेर लत्ताकपडा, अन्नपात तथा घरमा क्षती पुगेको छ । केहीको घर बाढीले बगाएको छ भने बस्ती बाढीको जोखिममा परेको छ । इटहरीको मुख्य चौकमा समेत बाढी पसेको छ । इटहरी ८ मा घर भित्र ३ फिट सम्म पानी जमेको छ । घर भित्र बाढी पसेपछि स्थानियहरु बिचल्लीमा परेका छन् । इटहरीमा बाढी पसेपछि सुरक्षाकर्मी परिचालन गरिएको छ । इटहरी उप–महानगरपालिकाले ढल तथा खोलाको सफाईमा ध्यान दिन नसक्दा बर्खायाममा इटहरी सधै जलमग्न हुने गरेको छ । इटहरीका धेरै जसो ढल पुरिएका छन भने खोलाको सफाई नगर्दा यो बिपत्त आइपर्ने गरेको इटहरीका स्थानियले बताएका छन् । अझै पनि पानी नरहेका कारण इटहरी थप डुबानमा पर्ने जोखिमा परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली मृत्यु प्रकरण : सरकार र पीडित परिवारबिच ९ बुँदे सहमति
-
बजेट अभावले लम्बियो लमजुङ दरबार पुनर्निर्माण
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक
-
दैनिक २० जनाले गरिरहेछन् आफ्नै जीवन नास, के गरिरहेछ सरकार ?
-
बौद्धिक सम्पत्ति संरक्षणका लागि उजुरी दिनेको सङ्ख्या बढ्दो
-
निष्क्रिय खाताप्रति पहिलोपटक संवेदनशील बन्यो राष्ट्र बैंक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण