अफगान पुगेको ११ दिन नबित्दै पर्वतका २ जना मारिए
पर्वत–अफगानिस्तानको राजधानी काबुलमा आतङ्कवादी समूहले गराएको विष्फोटनमा परी पर्वतका दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा पर्वत कुश्मानगरपालिका २ का विदुरबहादुर सुवेदी क्षेत्री र कार्कीनेटा गाविस वडा नं. ६ का नविनबहादुर क्षेत्री रहेका छन् ।
पछिल्लो समय कुश्मा नगरपालिका २ का विदुर परिवार सहित काठमाडौमा बस्दै आएका थिए । गत महिना छुट्टिमा आएका सुवेदी क्षेत्री ११ दिन अघि मात्रै २८ जेठको उडानमा त्यहाँ पुगेका थिए ।
परिवारका ४ भाई मध्ये साइला छोरा रहेका उनी नेपाली सेनाबाट अवकास प्राप्त गरी सेक्युरेटी गार्डमा रोजगारीका लागि अफगानमा पुगेको स्थानीय छिमेकी चित्रबहादुर क्षेत्रीले जानकारी दिए । उनको दुई छोरा र श्रीमती काठमाण्डौको गोंगुबुमा बस्दै आएका छन् ।
उनको जन्म गाउँ पाङ भने उनको मृत्युले शोकमा डुवेको छ । काबुलमा सोमबार बिहान त्यहाँको स्थानीय समयानुसार ५ः४० बजे मिनीबसमाथि बम आक्रमण भएको थियो । आक्रमणमा परि १२ नेपालीसहित १४ जनाको मृत्यु भएको थियो । यता नविन क्षेत्रीको मृत्युको खबरले पनि कार्कीनेटा शोकमा डुवेको छ । शसस्त्र प्रहरी बलमा कार्यरत रहेर अवकास पछि २०६५ साल देखि अफगानमा सेक्युरेटी गार्डमा रोजगारीका लागि गएका थिए । उनी बेलाबखत घरमा आउने जाने क्रममा जेष्ठ २८ गतेकै दिन अफगान प्रस्थान गरेका थिए ।
कार्कीनेटा गाविस वडा नं. ६ घर भएका डम्बरबहादुर घर्तीका छोरा नविन परिवारका माइला छोरा हुन् । उनका बाबुको मृत्यु भइसकेको छ भने परिवारमा आमा सहित १ श्रीमती र १ छोरी रहेका छन् । उनको श्रीमती र छोरी पनि काठमाण्डौमा नै बस्दै आएको क्षेत्रीका दाई (मामाका छोरा ) कमल खत्रीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली मृत्यु प्रकरण : सरकार र पीडित परिवारबिच ९ बुँदे सहमति
-
बजेट अभावले लम्बियो लमजुङ दरबार पुनर्निर्माण
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक
-
दैनिक २० जनाले गरिरहेछन् आफ्नै जीवन नास, के गरिरहेछ सरकार ?
-
बौद्धिक सम्पत्ति संरक्षणका लागि उजुरी दिनेको सङ्ख्या बढ्दो
-
निष्क्रिय खाताप्रति पहिलोपटक संवेदनशील बन्यो राष्ट्र बैंक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण