जसरी पनि सत्तामा पुग्ने सङ्कीर्ण स्वार्थ त्याग्न उपप्रधानमन्त्रीको आग्रह
पोखरा– उपप्रधानमन्त्री सिपी मैनालीले जसरी पनि सत्तामा पुग्ने सङ्कीर्ण स्वार्थ त्याग्न सबै दलसँग आग्रह गरेका छन् । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको हातामा आजदेखि सुरु गरिएको लायन्स मुटुरोग उपचार केन्द्रको शुभारम्भ गर्दै उनले सत्तामा पुग्न सधैँ षड्यन्त्र गरिरहने प्रवृत्तिले देशमा राजनीतिक अस्थिरता बढ्दै जाने र यसले देश उन्नतितिर भन्दा अधोगतितर्फ ओरालो लाग्ने गरेकामा चिन्ता व्यक्त गरे । देशमा बढी नै राजनीतीकरण भयो यसले गर्दा जनतामा नैरास्यता बढ्दै गयो भन्दै महिला, बालबालिका तथा समाजकल्याणमन्त्री मैनालीले सरकारी एवम् गैरसरकारी सङ्घसंस्थालाई आफ्ना पार्टीका कार्यकर्तालाई जागिर खुवाउने भत्र्ती केन्द्र बनाउन नहुनेमा जोड दिए ।
क्षेत्रीय प्रशासक शङ्करप्रसाद कोइरालाले बर्सेनि देशभिभत्रै ६० लाखभन्दा बढी मानिस मुटुरोगबाट ग्रसित हुने गरेको स्मरण गराउँदै दातृ निकायले उपलब्ध गराएको उपकरणको सदुपयोग होस् भने। डिस्ट्रिक्ट ३२५ बी १ का गभर्नर धु्रव थापाले मुटु रोगका बिरामीका लागि यो पहिलो चरणको उपचार केन्द्र मात्रै रहेको र लायन्स क्लबकै सहयोगबाट दोस्रो र तेस्रो चरणमा यसलाई सुविधासम्पन्न बनाइने जानकारी दिए । लायन्स अन्तर्राष्ट्रिय फाउन्डेसनको आर्थिक सहयोग तथा पोखरा उद्योग वाणिज्य सङ्घ र लायन्स डिस्ट्रिक्ट ३२५ बी १ का सहकार्यमा उपचार केन्द्रमा करिब रु एक करोड ५० लाख बराबरको अत्याधुनिक यन्त्र जडान गरिएको छ । फाउन्डेसनको रु एक करोड पाँच लाख, उद्योग वाणिज्य सङ्घको रु १५ लाख, लायन्स डिस्ट्रिक्ट ३२५ बी १ को रु सात लाख र नपुग रु १३ लाख डिस्ट्रिक्ट ३२५ बी १ का गभर्नर ध्रुव थापाले आफ्नो निजी सहयोग गरी यन्त्र खरिद गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली मृत्यु प्रकरण : सरकार र पीडित परिवारबिच ९ बुँदे सहमति
-
बजेट अभावले लम्बियो लमजुङ दरबार पुनर्निर्माण
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक
-
दैनिक २० जनाले गरिरहेछन् आफ्नै जीवन नास, के गरिरहेछ सरकार ?
-
बौद्धिक सम्पत्ति संरक्षणका लागि उजुरी दिनेको सङ्ख्या बढ्दो
-
निष्क्रिय खाताप्रति पहिलोपटक संवेदनशील बन्यो राष्ट्र बैंक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण