काबुलबाट निगमको जहाज काठमाडौंका लागि उड्यो
काठमाडौं– काबुल आक्रमणमा मारिएका १२ नेपाली तथा घाइते लिन आज बिहान अफगानिस्थान पुगेको नेपाल वायु सेवा निगमको जहाज केहिबेरअघि काठमाडौंको लागि प्रस्थान गरेको छ । आरएनए २४२२ कल साइनको जहाज मृतक तथा घाइते लिएर काठमाडौंका लागि प्रस्थान गरेको हो ।
आजै बिहान ३ बजे काठमाडौंबाट उडेको जहाज ७ बजे काबुलमा अवतरण भएको थियो । अफागनिस्तानमा गर्नुपर्ने आवश्यक प्रक्रिया पूरा गरी विमानमा मृतक र घाइतेका साथै घर फर्कने चाहने केहि नेपालीहरुलाई ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
काबुलबाट शव ल्याउन तथा आवश्यक सहयोग र समन्वय गर्न सेनाको मेडिकल टिमसहित चार, प्रहरीबाट तीन, गृहबाट एक, परराष्ट्रबाट एक, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट एक जना सो विमानमा गएका छन् ।
विमानको उडान तथा अवतरणको आवश्यक अनुमति सम्बन्धित अधिकारीबाट प्राप्त भएसँगै बिहान जहाज त्यसतर्फ पठाइएको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौडेलले जानकारी दिए ।
सोमबार भएको आतङ्ककारी आक्रमणमा परी १२ नेपालीको निधन भएको थियो भने ७ जना घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट अभावले लम्बियो लमजुङ दरबार पुनर्निर्माण
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक
-
दैनिक २० जनाले गरिरहेछन् आफ्नै जीवन नास, के गरिरहेछ सरकार ?
-
बौद्धिक सम्पत्ति संरक्षणका लागि उजुरी दिनेको सङ्ख्या बढ्दो
-
निष्क्रिय खाताप्रति पहिलोपटक संवेदनशील बन्यो राष्ट्र बैंक
-
सुकुमबासीमाथि राज्यले दुर्व्यवहार गर्दै आतङ्क मच्चाएको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण