चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु
बिहीबार, ०९ असार २०७३, १७ : ०३
काठमाडौँ - प्राकृतिक प्रकोप चट्याङले पु¥याउने धनजनको क्षति न्यूनीकरण तथा त्यसबाट बच्ने उपायबारे छलफल गर्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय सम्मेलन आजदेखि यहाँ सुरु भएको छ ।
दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा नेपाल, भारत, श्रीलङ्का र मलेसियाका ४० वैज्ञानिक सहभागी रहेका छन् । सम्मेलनमा १३ वटा कार्यपत्र प्रस्तुत गरिने छ ।
चट्याङ र वायुमण्डलीय अनुसन्धान केन्द्र (लाइटिनिङ एण्ड एट्मोस्फेरिक रिसर्च सेन्टर) नेपालले आयोजना गरेको उक्त सम्मेलनको नेकपा (एमाले)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गरेका थिए ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले प्राकृतिक विपद् न्यूनीकरणबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वैज्ञानिकहरुको छलफलबाट आउने सुझावमा सरकारले ध्यान दिने विश्वास दिलाए ।
पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेले चट्याङलाई समेत विपद् व्यवस्थापनमा समावेश गर्नुपर्ने सुझाव दिँदै यसले पु¥याउने धनजनको क्षतिलाई कम गर्न बिमाको व्यवस्था गरिनुपर्ने बताए ।
आयोजक संस्थाका अध्यक्ष श्रीराम शर्माले नेपालको पूर्वी दक्षिण भेग झापा, मोरङ तथा चुरे क्षेत्रमा चट्याङको बढी जोखिम रहेको जानकारी दिँदै भूकम्पपछि पुनःनिर्माण गर्न लागिएका संरचनालाई भूकम्पका साथसाथै चट्याङ प्रतिरोधात्मक पनि बनाइनुपर्ने बताए ।
उक्त सम्मेलनका लागि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) तथा केप एलेक्ट्रिक नामक संस्थाले सहयोग गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली र सुकुमबासी प्रकरणले तात्दै माइतीघर
-
स्ट्रेट अफ होर्मुज नजिक जहाजमाथि आक्रमण, एक भारतीय बेपत्ता
-
४२औँ वर्षमा नबिल बैंक : ‘बैंकिङ एण्ड बियोन्ड’ र एआईमार्फत भविष्यको नेतृत्व गर्ने घोषणा
-
‘नन्दप्रसाद जानुका स्मृति सम्मान’ शिक्षासेवी आत्माकृष्ण श्रेष्ठलाई
-
ट्रामाडोल क्याप्सुलसहित दुई जना पक्राउ
-
खजुरामा हुलाकी सडकको वैकल्पिक मार्ग निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण