ट्रामाडोल क्याप्सुलसहित दुई जना पक्राउ
आइतबार, २८ असार २०८३, १३ : ०५
सारांश
- लागू औषध नियन्त्रण ब्युरोले काठमाडौंको कुमारीगालबाट ७२ हजार ९ सय ट्रामाडोल क्याप्सुलसहित दुई जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा सोलुखुम्बुका किरण सुनाम र मकवानपुरका अनिल लामा छन्।
- उनीहरूको साथबाट ट्रामाडोल क्याप्सुल, स्कुटर र मोबाइल फोन बरामद गरिएको छ।
काठमाडौं । लागू औषध नियन्त्रण ब्युरो, कोटेश्वरले काठमाडौं महानगरपालिका–६ कुमारीगाल क्षेत्रबाट ७२ हजार ९ सय ट्रामाडोल क्याप्सुलसहित दुई जनालाई पक्राउ गरेको छ।
लागू औषध कारोबार हुने उच्च जोखिमयुक्त स्थानमा निगरानी तथा विशेष कारबाही गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्। पक्राउ परेकाहरूमा सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–६ का २७ वर्षीय किरण सुनाम र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–७ का २४ वर्षीय अनिल लामा रहेका छन्।
उनीहरूको साथबाट ७२ हजार ९ सय ट्रामाडोल क्याप्सुल, बा.५७ प. २४२४ नम्बरको स्कुटर र एक थान मोबाइल फोन बरामद गरिएको ब्युरोले जनाएको छ।
पक्राउ परेका दुवै जनाविरुद्ध लागू औषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको लागू औषध नियन्त्रण ब्युरोले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीय संसद्को बजेट अधिवेशनमा १० वटा कानुन निर्माण
-
पाकिस्तानद्वारा अमेरिका र इरानलाई संयमता अपनाउन आग्रह
-
भारतबाट कारमा लुकाएर ल्याइएको ३२९ ग्राम खैरो हेरोइनसहित तीन जना पक्राउ
-
नाटक ‘सेतो धरती’ हेरेपछि पूर्वराष्ट्रपति भण्डारीले के भनिन् ?
-
अर्जेन्टिना सेमिफाइनलमा पुगेपछि अनमोल केसीले यसरी साटे खुसीयाली
-
ओमानमा पनि ड्रोन आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण