बुधबार, १० असार २०८३
ताजा लोकप्रिय

३५ बच्चाका यी बाबुको चाहना छ, १०० बच्चा बनाउने

शनिबार, ११ असार २०७३, १० : ५४
शनिबार, ११ असार २०७३

केट्टा–पाकिस्तानमा एउटा सानो क्लिनिक चलाउने मेडिकल टेक्निसियन सरदार जान मुहम्मद खिलजी आफ्नो धार्मिक कर्तव्य पूरा गर्नका लागि चौथो पत्नीको खोजीमा छन् । ४६ बर्षका खिलजी पहिला नै तीन पत्नी छन् । उनका ३५ बच्चा छन् । खिलजी १०० बच्चा बनाउने आफ्नो लक्ष्य पुरा गर्नका लागि चौथी पत्नी खोजिरहेका छन् । मानव अधिकार आयोगले खिलजको यो चाहनामा चिन्ता जनाएको छ । मानव अधिकार संगठनको भनाई छ कि, बहुविवाहले महिला र बच्चालाई समस्या पैदा गराउँछ । यो अचम्म छ कि पाकिस्तानको इस्माल कानुनले चार पत्नी राख्न अनुमति दिन्छ, यसका लागि पहिलाका पत्नी र एक धार्मिक परिषद्बाट अनुमति लिनुपर्दछ । खिलजी एक मेडिकल प्राविधिक हुन् । उनको भनाई छ कि उनी कहिल्यै आफ्ना बच्चाको नाम भुल्दैनन् । कसैको विवाह वा आफन्तजनहरुवीचको भेटघाटमा उनी आफ्ना छोराछोरी लिएर जान्छन् । उनका तीन पत्नीले उनलाई सहयोग गरिरहेका छन् । तर, आपसमा धेरै कुरा गर्दैनन् ।

महिला अधिकार कार्यकर्ता राफिया जकारियाका भनाई छ कि, पाकिस्तानमा एउटा मात्र पत्नी राख्ने घटना धेरै कम छ । एक अध्ययनका अनुसार यस्तो अबस्थामा पत्नीहरुमा घोर निराशा हुन्छ । बच्चाहरु आफ्नो बाबुको नाम जान्न धेरै उत्साही हुन्छन् ।

कुरानका अनुसार बहुविहाह त्यति बेला मात्र राम्रो हुन्छ, जव पति सवैलाई समान न्यान दिन सक्छ । तर, पुरै न्याय गर्न सम्भव हुँदैन, यसकारण बहुविवाह राम्रो हुँदैन भन्ने अधिकारकर्मीको भनाइ रहेको छ । यसको असर सिधा महिला र बच्चामा पर्दछ ।

केट्टामा पारिवारिक वकीलको हैसियतमा बहुविवाहको मुद्धा लड्ने मुहम्मद बिलास कासी पनि यसमा सहमत छन कि, यसले महिला र बच्चालाई मानसिक प्रताडनाबाट गुज्रिनुपर्छ । ‘हामी वकील बहुविवाहको सामाजिक समस्याबाट राम्ररी परिचित छौँ । यस्तोमा पतीको मृत्यपछि पत्नी र बच्चाहरुमा थप समस्या आउने गरेको छ ।’ यो परिवार पाँच कोठा भएको माटोको घरमा बस्छ । आफ्ना बुवाको १०० बच्चा बनाउने अभियानलाई दुई जनाले मात्र समर्थन गरेका छन् । १५ बर्षकी शुगप्ता नसरीन बुवाजस्तै मेडिकल क्षेत्रमा लाग्न चाहिन्छन् । १३ बर्षका मुहम्मद ईसा आफ्ना बुवाको योजनालाई साथ दिन्छन्, र भविष्यमा १०० बच्चा चाहन्छन् ।

उनको घर खर्च निकै ठूलो छ । महिनामा एक लाख भन्दा बढी खर्च हुन्छ । यो पाकिस्तानको औषत भन्दा दश गुण बढी खर्च हो । यहाँ पानी जस्तै मूलभूत समस्या कायमै छन् । तर, उनको भनाई छ कि उनलाई कहिल्यै पनि आर्थिक समस्या परेको छैन । आफ्नो पेशाबाट आबश्यक खर्च जुटने गरेको उनले बताएका छन् । उनले सरकारसँग परिवारको खाना, शिक्षा र स्वास्थमा सहयोग मागेका छन् । तर, मिलेको छैन । तर, उनलाई इश्वरमा पुरा भरोसा छ । सरकारले नसुने पनि इश्वरले आफ्नो कुरा सुन्ने उनी बताउँछन् ।

उनको पहिलो विवाह २६ बर्षको उमेरमा भएको थियो । त्यसको पाँच महिनाभित्र अरु दुई विवाह गरेका थिए उनले । उनको अर्को विवाह फेसवुक मार्फत हुन सक्छ, किनभने उनको यो कथा पाकिस्तानका मिडिया र सामाजिक संजालमा चर्चामा छ । उनलाई केही प्रेमका अफर पनि आएका छन् । २०१३ को प्रान्तीय चुनावमा उनी चुनाव लडेका थिए । जहाँ उनलाई ९८० मत मिलेको थियो । जीतका लागि यति मत काफी थिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप