भूकम्पपीडितलाई एकमुष्ट दुई लाखको माग गर्दै कांग्रेसको प्रधानमन्त्रीलाई ज्ञापनपत्र
काठमाडौँ - नेपाली काँग्रेस काठमाडौँले भूकम्पपीडितलाई एकमुष्ट रु दुई लाख दिनुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
भूकम्प गएको १४ महिना बितिसक्दा पनि सरकारले काठमाडौँकै भूकम्पपीडितको लगत सङ्कलन नगरेको, हजारौँ जनताको घर भत्किएर पुनःनिर्माण गर्नुपर्ने समयमा नक्सा पास, घरजग्गा करलगायत वृद्धि गरिएको विरोधमा आज जिल्ला प्रशासन कार्यालय काठमाडौँमा धर्नासहित ज्ञापनपत्र बुझाइएको सभापति कृष्ण (सबुज) बानियाँले जानकारी दिए ।
“काठमाडौँमा भत्किएका सांस्कृतिक सम्पदाको पुनःनिर्माणमा ढिलाइ गरिएकाले तुरुन्त सुरु गर्न र वृद्धि गरिएको करको दर पुरानै कायम गर्न माग गरेका छौँ, माग पूरा नभए आन्दोलनमा उत्रन बाध्य हुनेछौँ”– उनले भने । ज्ञापनपत्र बुझाउन सांसद नवीन्द्रराज जोशी, दीपकप्रसाद कुइँकेल, राजन केसी, मोहन राई, राज्यलक्ष्मी श्रेष्ठलगायत काँग्रेसका नेता कार्यकर्ता प्रशासन कार्यालय बबरमहल पुगेका थिए ।
काँग्रेस केन्द्रीय समितिको आह्वानमा आज उपत्यकालगायत भूकम्पले अति प्रभावित १४ वटै जिल्लामा ज्ञापनपत्र बुझाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण