उपत्यकामा स्याटेलाइट सिटी निर्माण तयारी सुरु
काठमाडौँ - काठमाडौँ उपत्यका विकास प्राधिकरणले ‘स्याटेलाइट सिटी’ निर्माणका लागि तयारी सुरु गरेको छ ।
सरकारले आगामी वर्षको बजेटमा उपत्यकामा तीनवटा स्याटेलाइट सिटी निर्माण गरिने कार्यक्रम ल्याएको थियो । एक लाख रोपनीको क्षेत्रलाई स्याटेलाइट सिटी निर्माणका लागि अध्ययन गर्न परामर्शदातालाई कामको विवरण तोक्ने गृहकार्य सुरु भएको प्राधिकरणका विकास आयुक्त डा भाइकाजी तिवारीले जानकारी दिए ।
“सिटीमा आधारभूत आवश्यकताका सबै सेवा सुविधा पु¥याउने गरी निर्माण प्रक्रिया अघि बढाउन विस्तृत परियोजना प्रस्ताव निर्माणका लागि परामर्शदाता छनोट गर्न कामको विवरण तोक्ने काम भइरहेको छ, पाँच वर्षमा एउटा स्याटेलाइट सिटी निर्माण सम्पन्न हुनेछ, आठ वर्षमा अरु दुई वटा सिटी बन्नेछ”–उनले भने ।
स्याटेलाइट सिटी निर्माणका लागि आव २०७३/७४ को बजेटमा रु १० करोड बजेट विनियोजन गरिएको छ । उपत्यकाको काँठ क्षेत्रमा सिटी निर्माणका लागि अध्ययन गरिने प्राधिकरणले जनाएको छ । कुन क्षेत्रमा सिटी निर्माण गरिने भन्ने अहिलेसम्म टुङ्गो लागेको छैन ।
यसअघि विसं २०५६ मा ललितपुरको हरिसिद्धिमा सिटी निर्माणका लागि सहरी विकास तथा भवन निर्माण विभागले आवश्यक अध्ययन गरी तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयमा प्रस्ताव पेस गरे पनि उपत्यकामा पानीको अभाव भन्दै मन्त्रालयले प्रस्ताव थन्क्याएको थियो ।
विसं २०६४ पछि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले गोकर्णदेखि सुन्दरीजलसम्मको क्षेत्रलाई सिटीको प्रस्ताव पेस गरे पनि सहरी विकास मन्त्रालयले त्यसलाई पनि अघि बढाएन । सरकारले काठमाडौँको निश्चित क्षेत्रमा केन्द्रिकृत विकास रोक्नलाई सिटीको अवधारणा अघि सारेको प्राधिकरणले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण