काँग्रेस संसद्मा अझ कडा रुपमा प्रस्तुत हुने, भोलि संसदीय दलको बैठक
काठमाडौँ - प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले व्यवस्थापिका–संसद्मा आफ्ना मागलाई थप जोडदारका साथ उठाउने भएको छ ।
उक्त विषयमा छलफल गर्न काँग्रेसले सोमबार बिहान १० बजे संसदीय दलको बैठक बोलाएको छ । काँग्रेसले भूकम्पपीडितको आवास पुनःनिर्माणलगायत विषयमा सरकारले आफ्ना माग सम्बोधन नगरेको भन्दै चार दिनदेखि संसद्को बैठक अवरुद्ध पार्दै आएको छ ।
संसद्मा आफ्ना मागलाई कसरी प्रभावकारी र व्यवस्थित ढङ्गले उठाउने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको काँग्रेसका मुख्य सचेतक चिनकाजी श्रेष्ठले जानकारी दिए ।
उहाँले माग सम्बोधनका लागि संसद्मा दबाबस्वरुप सबै सांसदलाई अनिवार्य उपस्थित गराई अनुशासित ढङ्गले विचार व्यक्त गर्ने सम्बन्धमा पनि बैठकमा नेताहरुले आवश्यक अभिमुखीकरण दिने बताए ।
अहिलेसम्म गर्दै आएका दबाबका कार्यक्रमको समीक्षा गर्दै बैठकले आगामी कार्यक्रमसमेत तय गर्ने प्रमुख सचेतक श्रेष्ठले बताए ।
बैठकका लागि सम्पूर्ण सांसदलाई अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको काँग्रेस संसदीय दलका सचिव ध्रुव वाग्लेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण