मेस्सी र अर्जेन्टिना फेरि असफल : चिलीलाई कोपा अमेरिकाको उपाधि
न्यु जर्सी – लियोनेल मेस्सीको नेतृत्वमा रहेको अर्जेन्टिना मुख्य प्रतियोगितामा फेरि असफल बनेको छ । सोमबार सम्पन्न कोपा अमेरिका सेन्टेनारियोको फाइनलमा चिलीसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै अर्जेन्टिना पुनः एक पटक उपाधिको नजिक पुगेर त्यसलाई जित्न असफल बनेको छ ।
फाइनल पुगेर पनि उपाधि जित्न नसकेको अर्जेन्टिनाले यो लगातार तेस्रो पटक हो । यसअघि, अर्जेन्टिना विश्वकप र कोपा अमेरिकाको फाइनलमा पुगेको थियो ।
क्लाओडियो ब्राभोले लुकास रोड्रिगो बिलिगाको निर्णायक पेनाल्टी बचाउ गरे भने फ्रान्सिस्को सिल्भाले पेनाल्टीलाई गोलमा परिणत गर्दै चिलीलाई ४–२ को जित दिलाए । यसअघि निर्धारित खेल र अतिरिक्त समयमा दुवै टोलीले कुनै गोल गर्न सकेनन् । दुवै टोलीले सुन्दर अवसरहरु सृजना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेनन् ।
पाएको अवसर सदुपयोग गर्न नसक्ने आरोप लाग्दै आएका गोन्जालो हिग्वाइनले सुन्दर अवसर गुमाए । यसअघि, सन् २०१४ को विश्वकप र २०१५ को कोपा अमेरिकामा उनले त्यस्तै अवसर गुमाएका थिए ।
खेलको पहिलो हाफमा मार्कोस रोहो र मार्सेलो डियाले रातो कार्ड खाँदै मैदानबाट बाहिरिनु परेपछि दुवै टोली १० खेलाडीमा सिमित बनेको थियो ।
८२ हजार दर्शक सामु खेलिएको खेलमा पहिलो पेनाल्टी एलेक्सिस भिडालले मिस गरे । त्यसपछि आएका मेस्सीले पनि गोल गर्न सकेनन् ।
एक वर्षअघिको फाइनलमा पनि चिलीले अर्जेन्टिनालाई नै पेनाल्टी सुटआउटमा पराजित गरको थियो । २३ वर्षदेखि उपाधिविहिन अर्जेन्टिनाले अझै केही समय पर्खनुपर्ने भएको छ । अर्जेन्टिनाले सन् १९९३ मा पछिल्लो पटक उपाधि जितेको थियो ।
अर्जेन्टिनाका सर्जियो रोमेरोले फेयर प्ले अवार्ड जिते भने चिलीका क्लाउडियो ब्राभोले गोल्डन ग्लोब अवार्ड जिते । प्रतियोगितामा ६ गोल गरेका एडवार्डो भारगासले गोल्डन बुटको अवार्ड हात पारे । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका एलेक्सिस सान्चेजले गोल्डन बलको अवार्ड हात परे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
-
बझाङमा जिप दुर्घटना
-
भियतनाममा भारतीय पर्यटक सवार स्पिडबोट पल्टिँदा १५ जनाको मृत्यु
-
गोल मेसिनको भिडन्त : ह्यारी केन र अर्लिङ हालान्डमध्ये तपाईं कसलाई रोज्नुहुन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण