आश्रम भित्र यस्तो बिभेद...
इटहरी–मोरङ्गको बिराटनगर १३ स्थित बिराटेश्वर बृद्धा आश्रममा एक बृद्ध महिलालाई मानसिक असुन्तलन भएको भन्दै हेलचेक्र्याईँ गरिएको छ । बिगत लामो समयदेखी आश्रमले ति महिलालाई आश्रम पछाडिको भागमा चौपाय झै आहलमा डुबेको कटेरो भित्र राखेका छन । पानी पर्दा समेत छेक्न नसक्ने टिनले अस्थाई रुपमा छाएको सानो कटेरोमा उनलाई पशु झै व्यवहार गरिएको हो ।
६०–६५ बर्ष देखिने ति महिलाको शरिरमा कुनै कपडा समेत छैन । बस्नलाई सामान्य एउटा चकटी बाहेक केही दिएको छैन । आश्रमले ति महिलाको मनसिक असुन्तलन भएको भन्दै बृद्धबृद्धाको समुहबाट अलग राखेको छ ।
पानी जमेर आसपास पुरै जलमग्न छ । स्थानीयका अनुसार आश्रमले दुई तीन दिनमा एक पटक मात्र खाना दिने गरेको छ । आश्रमको यस्तो व्यवहारले स्थानीयहरु आक्रोशित छन् । ‘हामीले धेरै पटक आश्रमलाई ति महिलाको अबस्थाको बारेमा जानकारी गरायौ, तर चासो भएन’ स्थानीय हेम कुमार सुवेदीले भने ।
सुवेदी भन्छन्, ‘मानसिक बिरामी भए उपचार गर्न लान समेत हामीले सुझाव दिर्यौ, तर ति महिलाको हालत दिन प्रतिदिन खराब हँुदै छ । पशु झै व्यवहार भएको छ ।’
सोही आश्रम छेउमा रहेको एक सरकारी कार्यालयका कर्मचारी नारायण बास्तोलाले आश्रमको नाममा बाहिरबाट करोडौका सहयोग आउने आश्रम भित्रको यस्तो चरम लापरबार्हिले कमाउ धन्दा मात्र भएको आरोप लगाए । ‘ति महिला पनि कसैको आमा होलिन, साहरा नपाएर बृद्ध आश्रमलाई सहारा मान्ने बृद्धबृद्धाको हालत भने यस्तो देखिएको बताउदै सम्बन्धित निकायले ध्यान दिनुपर्छ ।’ उनले भने ।
‘पानी परेको बेला ति बृद्ध महिला सधै भिजेको देख्छाँै, यस्ता लापरबार्हि गर्ने आश्रमलाई कडा कारबाही गर्नेु पर्छ’ बास्तोताले भने ।
बिराटेश्वर बृद्धा आश्रम बिराटनगरका अध्यक्षमा जगत अर्याल नाम रहेको छ । आश्रम प्रशासनको प्रतिक्रिया आउन वाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३ जना जेनजी अभियन्ता नियन्त्रणमा
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण