लुटेर भाग्दै गरेका दुई डाँका पक्राउ
सोमबार, १३ असार २०७३, ११ : ४२
जलेश्वर, असार १३–पर्सा देवाड १ स्थित सडकमा ५–६ जना हतियारधारीको समुहले शनिवार राती ९ः३० बजे गौशाला १० का कालिया भन्ने भविछन् महतोलाई लुटेर भाग्ने क्रममा सोहि समुहबाट २ जना हतियार सहित श्रीपुर ७ को सडकमा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार महतोबाट अपराधीहरुले हतियार देखाई नगद रु.५५,०००।–, चाँदीको ब्रास्लेट , सुनको हनुमानी, मोवाइल थान २ लुटेर भागेकोमा सो समुह मध्ये दुई जना प्रहरी नियन्त्रणमा आएपनि लुटिएको सामान लिएर अरु अपराधी भाग्न सफल भएको प्रहरीले जनाएको छ ।
प्रहरीले काठको विड भएको कटुवा पेस्तोल एक थान,सो मा प्रयोग हुने गोली एक थान,चक्कु एक थान,फलामको रड एक थान,टर्च र सौफी रक्सीको पाउच सहित भारत जिल्ला सितामाढी थाना बेला ग्राम पंचायत बेथा वडा नं.५ बस्ने बर्ष ३० को अनवारुल साह र श्रीपुर २ वस्ने वर्ष ४१ का वकिल साहलाई शनिवार राती नै नियन्त्रणमा लिई आईतवार जिल्ला प्रहरी कार्यालयमा बुझाएको थियो ।
जिप्रकाले डाका र हातहतियार मुद्दामा अनुसन्धानको लागि अदालतबाट सात दिनको म्याद लिएर उनीहरुसंग सोधपुछ सुरु गरेको छ ।
महोत्तरीमा केहि महिना देखि प्रहरी सकृय भई आपराधिक कृयाकलाप गर्नेहरु उपर कडा निगरानी राख्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३ जना जेनजी अभियन्ता नियन्त्रणमा
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण