‘नक्कली आमा’ द्वारा २ किशोरीलाई भारत लैजाने प्रयास
सोमबार, १३ असार २०७३, १३ : ३३
कञ्चनपुर– पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारततर्फ लैजाँदै गरेका तीन किशोरीको आज माइती नेपाल, कञ्चनपुरले उद्धार गरेको छ ।
सुर्खेतका दुई र कैलालीका एक गरी तीन किशोरीको सीमा नाकाबाट उद्धार गरिएको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताइन् ।
फूपू र दिदी नाता पर्ने दुई जनाले नक्कली आमा बनेर किशोरीहरुलाई भारततर्फ लैजाँदै गरेका बेला उद्धार गरेका हौँ, उनले भनिन् – “सोधपुछका क्रममा किशोरीहरुलाई विद्यालयबाटै भगाएर भारततर्फ लगेको पत्ता लागेको छ ।” उद्धार गरिएका किशोरीलाई माइती नेपालको संरक्षणमा राखिएका छन् ।
नक्कली आमा बनेर किशोरीलाई भारततर्फ लैजाने कार्यमा संलग्न दुई महिला प्रहरी नियन्त्रणमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३ जना जेनजी अभियन्ता नियन्त्रणमा
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण