तीन महिनादेखि स्वास्थ्य केन्द्र डक्टरविहीन
सोलुखुम्बु– सोलुखुम्बुको सोताङमा प्राथमिक स्वास्थ्य केन्द्र तीन महिनादेखि डक्टरविहीन हुँदा कोसीपारिका बिरामी उपचारबाट वञ्चित भएका छन् ।
प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका चिकित्सक डेनप्रसाद आचार्य थप अध्ययनका लागि काठमाडौँ गएको तीन महिना बित्दासमेत अर्को चिकित्सकको व्यवस्था नगर्दा स्वास्थ्य केन्द्रको सेवा पूर्णरुपमा प्रभावित भएको हो । अहिले उक्त स्वास्थ्य केन्द्र अहेब र अनमीको भरमा चलिरहेको छ ।
गम्भीर प्रकृतिका बिरामीको उपचारका लागि अन्यत्र जानुपर्ने कोसीपारिका बासिन्दाको बाध्यता छ । तर सोताङ बुङ, छेस्काम, गुदेल, वाकुलगायतका आठ गाविसका नागरिकको उपचारको केन्द्र रहेको उक्त प्राथमिक स्वास्थ्य केन्द्रमा अर्को चिकित्सकको व्यवस्था गर्न अझै चार महिना लाग्ने स्वास्थ्य कार्यालय सोलुखुम्बुले जनाएको छ ।
स्वास्थ्य कार्यालय फाप्लुका प्रमुख रोशनलाल चौधरीले दसैँसम्म नयाँ चिकित्सकको व्यवस्था गर्न नसकिने बताए । डा आचार्यको दरबन्दीमा अर्को चिकित्सक ल्याउन समय लाग्ने उनको भनाइ छ । तर प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले केही दिनमै चिकित्सकको व्यवस्था गर्ने बताए । स्वास्थ्य मन्त्रालय र विभागसँग आज नै कुरा गर्ने बताउँदै प्रजिअ शर्माले तीन महिनासम्म सर्वसाधारणले सेवा नपाएको भन्दै अबको केही दिनमै चिकित्सकको व्यवस्था गर्ने बताए । सदरमुकामबाट १२ कोष टाढा रहेको सोताङस्थित सो प्राथमिक स्वास्थ्य केन्द्र सदरमुकाम आउनकै लागि तीन दिन लाग्ने कोसीपारिका आधादर्जन गाविसवासीका लागि उपचार गर्ने एक मात्र स्वास्थ्य केन्द्र हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३ जना जेनजी अभियन्ता नियन्त्रणमा
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण