पाएको ५० हजारसहित सामान फिर्ता गर्ने महिला
सोमबार, १३ असार २०७३, १३ : ४०
दाङ– यहाँकी इलोक्ट्रोनिक अटोरिक्सा चलाउँदै आएकी एक जना महिलाले आफूले भेटाएको नगद रु ५० हजार फिर्ता गरेकी छिन् ।
तुलसीपुर–९ बेलुवा निवासी अटोरिक्सा चालक पुष्पा श्रेष्ठले तुलसीपुर–६ रजौरा निवासी सीता आचार्यको नगद रु ५० हजारसहित झोलामा रहेको गरगहना आज बिहान फिर्ता गरेकी हुन् ।
आइतबार बेलुका काठमाडौँबाट दाङको तुलसीपुर आएकी आचार्यले तुलसीपुरको वीरेन्द्र चोकबाट रजौरा जानका लागि अटोरिक्सा प्रयोग गरेकी थिइन् । चालक श्रेष्ठले आज बिहान तुलसीपुरस्थित अटोरिक्साको डिलर सिस्ने मनि ट्रान्सफरको कार्यालयमा एक कार्यक्रमका बीच आफूले फेला पारेको नगदसहित गरगहना र महत्वपूर्ण झोलामा रहेका सम्पूर्ण सामान फिर्ता गरेकी हुन् ।
सामान हस्तान्तरण गर्दै चालक श्रेष्ठले सबैलाई पेसाप्रति इमान्दार बन्न आग्रह गरिन् । “सामान हराउँदाको पीडा कस्तो हुन्छ मैले अनुभव गरेकी छु । भेटाएँ भन्दैमा कसैको पैसा पनि सित्तैमा खानु पाप हो ।” उनले रिक्सा सफा गर्दै गर्दा फेला पारेको झोलामा नागरिकता, केही लत्ताकपडा, गरगहना र औषधि देखेपछि तत्कालै खबर गरेर रकम फिर्ता गर्न मन लागेको बताइन् ।
उनले इमान्दारिता सबैभन्दा ठूलो मानवीय गुण भएको तर्क गरिन् । यसैबीच आफ्नो नगद रु ५० हजार र गरगहनासहितको झोला रिक्सा चालक श्रेष्ठले जस्ताको ततै फिर्ता गरेकामा आचार्यले उनलाई धन्यवाद दिएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३ जना जेनजी अभियन्ता नियन्त्रणमा
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण