सवारी दुर्घटनामा दुईको मृत्यु
झापा - पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको बिर्तामोड–१ रामचोक सडकखण्डमा भएको दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापा धरमपुर–६ का ३१ वर्षीय राजु आचार्य र बिर्तामोड–२ का ३३ वर्षीय पुकार गिरी गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
रामचोक सडकखण्डमा गएराति पश्चिमतर्फ आइरहेको को९प ६८४९ नंको मोटरसाइकलले सोही दिशातर्फ गइरहेको साइकललाई ठक्कर दिँदा मोटरसाइकल अनियन्त्रित भई विपरीत दिशाबाट आइरहेको मे१ख १९०६ नम्बरको बसमा ठोक्किएको प्रहरीले जनाएको छ ।
सो क्रममा मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएकामा आचार्यको आइतबार राति नै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । त्यस्तै, सोही मोटरसाइकलमा पछाडि सवार गिरी गम्भीर घाइते भएको र उनको बिर्तामोडस्थित बि एन्ड सी हस्पिटलमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिनुभयो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
-
बझाङमा जिप दुर्घटना
-
भियतनाममा भारतीय पर्यटक सवार स्पिडबोट पल्टिँदा १५ जनाको मृत्यु
-
गोल मेसिनको भिडन्त : ह्यारी केन र अर्लिङ हालान्डमध्ये तपाईं कसलाई रोज्नुहुन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण