अख्तियार र गोबिन्द केसी दुबै गलतः युवासंघ
काठमाडौं– एमालेको भातृ संगठन युवा संघ नेपालले डाक्टर गोबिन्द केसीको अभिव्यक्ति पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निकालेको विज्ञप्तीको आलोचना गरेको छ । सोमबार एक विज्ञप्ती निकाल्दै युवासंघले हरेक नेपाली नागरिकको देशका कुनै पनि अंग र निकायलाई नियमन गर्ने र आलोचना गर्ने अधिकार सुरक्षित रहने भन्दै कसैको पनि निरंकुशता र स्वच्छचारिता लोकतन्त्रमा वान्छनिय नहुने बताएको छ । विज्ञप्तीमा भनिएको छ, ‘अख्तियारको सदुपयोग र दुरुपयोगको नियमन गर्ने,सचेत गर्ने गराउने र सरकार तथा सरोकारवाला निकायलाई पारदर्शी र जनपक्षिय वनाउने अधिकार पाएको निकाय र त्यसका प्रमुखवाट संविधान र कानुनले दिदै नदिएको अधिकारको प्रयोग गर्ने, आफुनो र आफु सम्वद्ध निकायको कसैले थोर आलोचना गर्यो भने विज्ञप्ती जारी नै गरेर एउटा निश्चित सीमा र मर्यादाको थोरै पनि प्रवाह नगरी आफ्नो आलोचना गर्ने मान्छेलाई मानसिक रोगी भनि करार गर्ने काम सभ्य र लोकतान्त्रिक समाजमा सुहाउने कुरा होइन ।’
यस्तै स्वस्थ्य क्षेत्रलाईनै बन्दक बनाउन खोज्ने डा केसीको तरिका पनि ठीक नभएको भन्दै संघले भनेको छ, ‘गोविन्द केसी जस्तो सामाजिक रुपमा मर्यादित व्यक्तिले जताभावी वोल्ने र आरोप लगाउने कुरा गलत छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३ जना जेनजी अभियन्ता नियन्त्रणमा
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण