भूकम्प प्रभावितलाई एकमुष्ट रकम दिन मिल्दैनः उपप्रधानमन्त्री
चितवन– उपप्रधान तथा महिला, बालबालिका तथा समाज कल्याण मन्त्री सिपी मैनालीले प्रतिपक्षले माग गरेअनुसार भूकम्प प्रभावितलाई एकमुष्ट रकम दिन नसकिने बताएका छन् ।
मन्त्रालय मातहतका योजना अनुगमन गर्न आज यहाँ आएका मन्त्री मैनालीले पत्रकारहरुसँग कुराकानी गर्दै सरकारले आन्तरिक कोषबाट रकम दिने भन्दा पनि दातृ निकायको रकम प्रभावितलाई दिने भएकाले दातृ निकाय एकमुष्ट राहत रकम दिन मान्ने स्थिति नरहेको बताए । भूकम्प प्रभावितलाई एकमुष्ट रकम दिँदा आवास बन्न नसक्ने देखिएकाले पनि किस्तामा रकम दिनु प्रभावकारी हुने उनको तर्क छ । अझै पनि विभिन्न कठिनाइका कारण भूकम्प प्रभावितले राहत पाउन नसकेको उनले स्वीकार गरे । मालेका महासचिवसमेत रहेका मन्त्री मैनालीले कार्यविधि फेरबदल गरेर भए पनि रकम बढाउन सकिने भए पनि सरकारले चाहेर मात्रै पनि एकमुष्ट रकम दिन नसकिने बताए । भूकम्प प्रभावितको नाममा राजनीति भएको भन्ने एक प्रश्नमा उनले त्यस्तो भएको भए छानबिन गर्न उपयुक्त बताए । चौध जिल्लाका मात्रै नभएर सबै जिल्लाका भूकम्प प्रभाबितलाई राहत दिन सरकार तयार रहेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३ जना जेनजी अभियन्ता नियन्त्रणमा
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण