पूर्वाञ्चल युनिभर्सिटी एजुकेसन फेयर हुने
काठमाडौ–विद्यार्थीहरुले कलेज तथा विषय छनौटका लागि विभिन्न कलेज/कलेजमा पुग्नु पर्ने बाध्यतालाई यस एजुकेसन फेयरले सम्वोधन गर्ने उद्देश्यले पूर्वाञ्चल विश्व विद्यालयले आगामी असार १७, १८ र १९ गते काठमाडौ त्रिपुरेश्वर स्थित बल्र्ड ट्रेड सेन्टरमा ‘पूर्वाञ्चल युनिभर्सिटी एजुकेसन फेयर २०१६’ को आयोजना गर्ने भएको छ । एजुकेसन फेयरमा पूर्वाञ्चल विश्व विद्यालयमार्फत संचालित ईन्जिनियरिङ, जेनरल साईन्स, हेल्थ साईन्स, मेनेजमेन्ट, फेसन डिजाईन, वायो मेडिकल ईन्जिनियरिङ, एग्रिकल्चर भेटनरी, कम्प्यूटर, मास कम्यूनिकसेन, ल र लिभरल आर्टस लगायतका विषय अध्ययन अध्यापन गराईरहेका ६० भन्दाबढी कलेजको सहभागिता रहने जनाइएको छ । फेयरमा फेसन सो र फुड स्टल समेत रहने जनाइएको छ । यस फेयरमा विद्यार्थीले एकै थलोमा विभिन्न विषय र कलेजहरुसँग सम्वन्धित जानकारी प्राप्त गर्न सक्ने जनाइएको छ । त्यसैगरी शैक्षिक परामर्र्श, प्रेजेन्टेसन र सेमिनारहरुमा पनि विद्यार्थीहरु समभागी बन्न पाउनेछन् । फेयर अवलोकन गर्ने विद्यार्थीलाई विभिन्न शिर्षकका स्करलसिप, एजुकेसन लोन र विभिन्न सेवा—सुविधाको ब्यवस्था गरिएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३ जना जेनजी अभियन्ता नियन्त्रणमा
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण