श्रीमतीलाई गोली हानी घाइते बनाएका श्रीमानको शव फेला
मङ्गलबार, १४ असार २०७३, २२ : २२
गोरखा –उत्तरी गोरखाको काशीगाउँ–२ का ५८ वर्षीय कामी गुरुङले आफ्नी ६० वर्षीया श्रीमती सुकमाया गुरुङलाई गोली हानेर गम्भीर घाइते बनाएका छन् ।
सोमबार साँझ चर्चबाट फर्किएकी श्रीमती सुकमायालाई घरमा लुकेर बसेका कामीले भरुवा बन्दुकले हानेर घाइते बनाएको प्रहरीले जनाएको छ ।
सुकमायाको दायाँ पुट्ठामा गोलीको छर्रा लागेको छ । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचार गरी थप उपचार गर्न आरुघाटस्थित अस्पतालमा ल्याइएको छ । घरायसी विवादका कारण कामीले श्रीमतीलाई गोली हानेको बताइएको छ । श्रीमतीलाई गोली हानेर घाइते बनाएपछि कामीले घर छाडेका थिए ।
घरदेखि ५०० मिटर टाढा खनायोको रूखमा झुन्डिएको अवस्थामा कामीको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए ।
घटनाबारे अनुसन्धान अघि बढाइएको उनको भनाइ छ । कामीको शव सोमबार साँझ नै फेला परेको हो । घटना भएको ठाउँ दुर्गममा भएकाले ढिला गरी जानकारी आएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतिपय मानिसलाई लामखुट्टेले किन धेरै टोक्छ ?
-
पोखरा र काठमाडौँसहित देशका अधिकांश सहरमा वर्षाको सम्भावना
-
विश्वकपको खेल विवादमा अर्जेन्टिनी फुटबल संघको इमेल ह्याक
-
मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी
-
गोली चलाएर पक्राउ गरिएका लागूऔषध कारोबारीमाथि अनुसन्धान सुरु
-
केप भर्डेका गोलकिपर भोजिन्हाको सम्मानमा समुद्री जीवको नामकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण