संसद बैठक २ बजेसम्मका लागि स्थगित
काठमाडौँ –व्यवस्थापिका संसद्को बैठक तीन घन्टाका लागि पर सरेको छ ।आज बिहान ११ बजे बस्ने कार्यतालिका रहेको बैठक विशेषकारण स्थगन गर्नुपरेको जनाउँदै आजै २ बजे सम्मका लागि सारिएको व्यवस्थापिका संसद्ले सचिवालयले सूचाना टाँस गरी जानकारी गराएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भूकम्पपीडित जनताई आवास निर्माण गर्न एकमुष्ट रुपमा रु दुई लाख र दुई प्रतिशत ब्याजदरमा रु १५ र २५ लाख दिनुपर्ने मागलाई कुन प्रक्रियाबाट सम्बोधन गर्ने विषयमा गठित कार्यदलको बैठक अहिले जारी रहेको छ ।
बैठक जारी रहेकाले सदनको बैठक पर सारिएको हो । सो कार्यदलको बैठकमा प्रमुख प्रतिपक्षी दलका सो मागका बारेमा सहमति हुन सकेको छैन ।
कार्यदलमा प्रमुख प्रतिपक्षी दलका तर्फबाट पूर्वमन्त्री कृष्ण सिटौला, केन्द्रीय सदस्य डा प्रकाशसरण महत, नेका संसदीय दलका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ रहेका छन् । यसैगरी सत्तारुढ दलका तर्फबाट उपप्रधानमन्त्री भीम रावल, पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ, नेकपा माओवादी केन्द्रका कृष्ण सिटौला र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल संसदीय दलका नेता दिलनाथ गिरी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३ जना जेनजी अभियन्ता नियन्त्रणमा
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
-
सट्टाबाजीले स्पेनविरुद्ध फ्रान्सलाई दियो अग्रता
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण