नेपाली जनता हिन्दू राज्यका पक्षमा : उपप्रधानमन्त्री थापा
आइतबार, २६ असार २०७३, १५ : २६
चितवन - राप्रपा नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले आफ्नो पार्टीको कार्यभारलाई रणनीतिक तवरबाट स्थापित गराउनका लागि आफूहरु सरकारमा सहभागी भएको बताएका छन् ।
राप्रपा नेपाल चितवनको तेस्रो जिल्ला अधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उनले अहिले नेपाली जनता हिन्दू राज्यका पक्षमा रहेको र आफ्नो पार्टीतर्फ आकर्षण बढ्दै गएको जिकिर गरे ।
अधिवेशनमा ४८७ प्रतिनिधि र २५२ पर्यवेक्षक सहभागी रहेको जिल्ला अध्यक्ष बद्री तिमिल्सिनाले जानकारी दिए । चारवर्षीय कार्यकालका लागि हुन लागेको अधिवेशनबाट २१ सदस्यीय नयाँ कार्यसमिति चयन हुने छ । अधिवेशनले आजै नयाँ नेतृत्व चयन गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण