संसारभरीका यस्ता तस्बिरहरु जसलाइ फेसबुकले डिलिट गरिदियो
बिहीबार, १३ साउन २०७३, ११ : ४१
फेसबुकमा दैनिक ३० करोड मानिसहरुले फोटो अपलोड गर्ने गर्दछन् । तीमध्ये धेरैजसो फोटोहरु व्यक्तिगत हुन्छन् भने कुनै रमाइला त कुनै अविष्मरणीय । तर त्यस्ता थुप्रै फोटोमध्ये यस्ता फोटोहरु पनि छन् जसलाई फेसबुकले विभिन्न कारण देखाएर डिलिट गरिदिएको छ ।
यो फोटोमा एउटी महिला बाथटबमा नुहाइरहेकी छिन् । फोटोमा महिलाको कुहिना देखिएको छ । यो फोटो फेसबुकमा राखेको २४ घण्टाभित्र डिलिट गरियो । यद्यपी, पछि फेसबुकले आफ्नो एक स्टेटमेन्टमार्फत आफूले गल्ती गरेको बताएको छ ।
टेनिसीमा बस्ने एक महिलाले आफ्नो छोराको यो फोटो (इनसेट) लाई फेसबुकमा अपलोड गरिन् । उनको छोरा दिमाग र खप्पर बिना नै जन्मिएको थियो जसलाई न्यूरल बर्थ डिफेक्ट एनेन्सेफली भनिन्छ । तर, फेसबुकले यो फोटोलाई डिलिट गरिदिएको छ । पछि यी महिलाले पुनः यहि फोटो अपलोड गर्दा फेसबुकले फोटोलाई डिलिट मात्र गरेन, ती महिलाको अकाउन्टलाइ केही दिनको लागि डिसेबलसमेत गरिदियो । फेसबुकले यो फोटोलाई कुन क्याटेगोरिमा डिलिट गर्यो, त्योसमेत बताएन ।
अमेरिकाकी एक महिलाले आफ्नो डाउन सिन्ड्रोम रोगबाट पीडित छोरोको तस्बिर फेसबुकमा सेयर गरिन् तर फेसबुकले यसलाई पनि डिलिट गरिदिएको छ । फेसबुक मनिटरिङ ग्रुपले यसलाई युजर एग्रिमेन्ट विरद्ध भएको बताएको छ ।
फेसबुकले यो फोटोलाई सेन्सिटिभ बताउँदै डिलिट गरिदिएको छ । यद्यपी, फेसबुकले यो गल्तीपूर्वक हटेको बताउँदै यसलाई पुनः पब्लिस गरेको थियो ।
आफ्नो बच्चालाई दुध चुसाइरहेकी यी महिलाको फोटो पनि फेसबुकले डिलिट गरिदिएको छ । यो फोटोले फेसबुकको अधिकार र जिम्मेवारीको उल्लंघन गरेको बताएको छ ।
फेसबुकको नियम उल्लंघन गरेको बताउँदै यो फोटोलाई पनि डिलिट गरिदिएको छ ।
बच्चाहरुले पिसाब फेरिरहेको यो तस्बिर पनि फेसबुकले डिलिट गरिदिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रियाशील सदस्यता अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन : गगन थापा
-
स्ट्रेट अफ होर्मुजबारे छलफल गर्न इरान र ओमानद्वारा संयुक्त समिति गठन
-
‘बोलाएको भए आफैँ आउनुहुन्थ्यो, कार्यक्रममा रहेका बेला किन तत्काल पक्राउ गरियो ?’
-
जाजरकोटको भेरी नगरपालिकाको निर्णय पुस्तिका हराएको भन्दै खोजीदिन सीडीओसँग गुहार
-
मानव अधिकार रक्षकको सुरक्षाका लागि विशेष कानुन बनाउन माग
-
बैंकिङ कसूर मुद्दामा १३ वर्षदेखि फरार सविता कार्की पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण