अचम्मको जोडीः ७१ वर्षकी बेहुली, १८ वर्षे बेहुला
बिहीबार, १३ साउन २०७३, १६ : २५
भनिन्छ, मानिसको जोडी भगवानले बनाइदिएका हुन्छन् । विशेषगरी मानिसहरु आफूसँग विवाह गर्न उस्तै पारिवारिक स्थिती, उमेर समूह, पढाइलगायतका कुरा हेर्ने गर्दछन् । तर कुनै जोडी यस्ता पनि हुने गर्दछन् जसलाई यी कुराहरुको केही मतलब लाग्दैन । कुनै विवाह निकै अचम्मका पनि हुन्छन् । आज हामी तपाईंलाई यस्तै अचम्मको विवाहबारे बताउँदैछौं ।
टेनिसीकी ७१ वर्षीया अल्मेडा इरेलले एक १७ वर्षीय गेरी हार्डविचसँग विवाह गरेकी छिन् । यी दुबैको भेट एक अन्त्येष्टि कार्यक्रममा भएको थियो । अन्त्येष्टि अल्मेडा इरेलको छोराको थियो ।
गेरी पहिलेदेखि नै पाका महिलाहरुप्रति आकर्षित हुने गरेको बताउँछन् । उनी भन्छन्, ‘मलाई बाल्यकालदेखि नै आफूभन्दा जेठो महिला मनपर्थे । जब म ८ वर्षको थिएँ तब मलाई मेरो शिक्षिका मनपर्दथ्यो । ’
यता अल्मेडा पनि गेरी आफ्नो जीवनमा आएपछि आफ्नो खोजी पूरा भएको बताउँछिन् । उनी भन्छिन्, ‘म ४३ वर्षको हुँदा श्रीमानको मृत्यु भएको थियो । त्यति बेलादेखि नै म एक ‘सोलमेट’ को पर्खाइमा थिएँ । गेरी पाएपछि मेरो खोजी समाप्त भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रियाशील सदस्यता अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन : गगन थापा
-
स्ट्रेट अफ होर्मुजबारे छलफल गर्न इरान र ओमानद्वारा संयुक्त समिति गठन
-
‘बोलाएको भए आफैँ आउनुहुन्थ्यो, कार्यक्रममा रहेका बेला किन तत्काल पक्राउ गरियो ?’
-
जाजरकोटको भेरी नगरपालिकाको निर्णय पुस्तिका हराएको भन्दै खोजीदिन सीडीओसँग गुहार
-
मानव अधिकार रक्षकको सुरक्षाका लागि विशेष कानुन बनाउन माग
-
बैंकिङ कसूर मुद्दामा १३ वर्षदेखि फरार सविता कार्की पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण