हेर्नुहोस्, हवाईको ज्वालामुखी क्यामराको लागि ‘हाँस्यो’, तस्बिर भाइरल
आइतबार, २३ साउन २०७३, १७ : ३७
प्याराडाइज हेलिकप्टरले कैद गरेको ज्वालामुखीको एउटा तस्बिर आजकाल निकै भाइरल भइरहेको छ । किलाउइया पु भित्र रहेको लाभा बाहिर निस्कने क्रममा एउटा हँसिलो अनुहारको आकृति लिएको उक्त तस्बिर हेर्दा निकै आकर्षित छ । अनुहारभित्र ठूला र बलेका आँखा, मुसुक्क मुस्कुराएको जस्तो मुख ।
हफिंगटन पोष्टका अनुसार हवाईको बिग आइल्याण्डमा अवस्थित किलाउइया मुस्कुराउनुको पनि कारण छ । संसारको ‘मोस्ट एक्टिभ भोल्क्यानो’ मध्येको एक यो ज्वालामुखी ३३ वर्षदेखि लगातार रुपमा बिस्फोटन भइरहेको छ । फोटोग्राफर माइक क्याल्बरले ‘हाँसिरहेको ज्वालामुखी’ को तस्बिर कैद गरेका हुन् । आफ्नो यो फोटोले धरै मानिसहरुलाई आकर्षित गर्ने आफूलाई पूर्ववत् जानकारी भएको उनले बताए । तस्बिर भाइरल हुने कुरामा आफू पहिले नै ढुक्क भएको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रियाशील सदस्यता अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन : गगन थापा
-
स्ट्रेट अफ होर्मुजबारे छलफल गर्न इरान र ओमानद्वारा संयुक्त समिति गठन
-
‘बोलाएको भए आफैँ आउनुहुन्थ्यो, कार्यक्रममा रहेका बेला किन तत्काल पक्राउ गरियो ?’
-
जाजरकोटको भेरी नगरपालिकाको निर्णय पुस्तिका हराएको भन्दै खोजीदिन सीडीओसँग गुहार
-
मानव अधिकार रक्षकको सुरक्षाका लागि विशेष कानुन बनाउन माग
-
बैंकिङ कसूर मुद्दामा १३ वर्षदेखि फरार सविता कार्की पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण