सर्वोच्चद्वारा कलङ्की–नागढुङ्गा सडक विस्तार रोक्न अन्तरिम आदेश
आइतबार, २३ साउन २०७३, २० : २०
काठमाडौँ –सर्वोच्च अदालतले कलङ्की–नागढुङ्गा सडक विस्तार गर्दा स्थानीयलाई अपूरणीय क्षति हुने भएको भन्दै अर्को आदेश नभएसम्मका लागि नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश केदारप्रसाद चालिसे र डा आनन्दमोहन भट्टराईको संयुक्त इजलासले आज सडक विस्तार गर्दा सडक आसपासका स्थानीयलाई अपूरणीय क्षति हुनेहुँदा तत्काल सडक विस्तार रोक्न अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए ।
आदेशमा भनिएको छ, “सो क्षेत्रको सडक विस्तारले त्यहाँका व्यक्तिको स्थायी संरचना पनि भएको देखिएकाले सडक विस्तार हुँदा अपूरणीय क्षति हुनेहँुदा अर्को आदेश नहुँदासम्म नगर्नु नगराउनु ।”
सडक विस्तार हुँदा प्रभावित हुने सानु श्रेष्ठसहित ४७ जनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई २०७२ फागुन ११ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
सडक विस्तार विस्तार हुँदा प्रत्यक्ष रुपमा ४७ जनाको घर पूर्णरुपमा नष्ट हुने र उक्त गम्भीर क्षति रोक्न निवेदनमा उल्लेख थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन दशकपछि पारिवारिक पुनर्मिलन भएपछि...
-
बालबालिकालाई सधैँका लागि प्रचुर मात्रामा तरकारी खाने बानी कसरी बसाल्ने ?
-
ट्राफिक कारबाहीमा १८ लाख ६० हजार राजस्व असुली
-
झ्याप्प–झ्याप्प बत्ती जाने समस्याप्रति के भन्छन् कुलमान घिसिङ ?
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
दलाई लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञको सहभागिताप्रति पूर्व राजदूतहरूको आपत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण