तेक्वान्दो च्याम्पियनसिपमा नेपाललाई कास्य पदक
आइतबार, २३ साउन २०७३, २० : ३८
काठमाडौँ- दक्षिण कोरियामा आइतबार भएको प्रथम वानकी मुन कप अन्तर्राष्ट्रिय खुला तेक्वादो च्याम्पियनसिपमा नेपालले कास्य पदक हात पारेको छ ।
भैरहवाका पराग दासले पुम्सेको सिनियरतर्फको पहिलो खेलमा नेपाललाई कास्य पदक दिलाएका हुन् । सेमिफाइनल खेलमा कारियन खेलाडीसँग दास पराजित भएपछि कास्य पदकमा चित्त बुझाउन बाध्य बनेका हुन् ।
तीन दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालका तीन महिला र १३ पुरुष गरी १६ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगितामा नेपालसहित अमेरिका, भियतनाम, थाइल्यान्ड, ताइवान, श्रीलङ्का, दक्षिण अफ्रिका, रसिया, उज्वेकिस्तान, नाइजेरिया, फ्रान्स, चीन, बङ्गलादेश, केन्यालगायत विभिन्न २४ राष्ट्रका करिब पाँच यस खेलाडीको सहभागिता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुग्नुपर्छ: कृषि मन्त्री
-
तनहुँ जलविद्युत् आयोजनालाई ६ अर्ब बजेट
-
पनौती जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण