मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संसारका ९ रहस्यमयी मानिस जसबारे केही सुराग पत्ता लाग्न सकेन

शनिबार, २९ साउन २०७३, १४ : ४८
शनिबार, २९ साउन २०७३
द फलिंग म्यानः जब ९/११ मा अमेरिकाको ट्वीन टावरमा आतंककारी हमला भयो तब एक व्यक्तिको उत्तर टावरबाट सिधा खसिरहेको तस्बिर कैद भयो । यो व्यक्तिको तस्बिर पूरा संसारमा छायो तर खसेका ती व्यक्ति को हुन् भन्ने बारे अहिलेसम्म पत्ता लाग्न सकेको छैन । कोही व्यक्तिले ती व्यक्ति रेष्टुरेन्टमा काम गर्ने जोनाथन ब्राइलो भएको अनुमान गरेका छन् । तर यसको आधिकारिक रुपमा पुष्टि हुन सकेको छैन । द हिरोसिमा स्टेप्स स्याडोः दोस्रो विश्वयुद्धमा जब हिरोसिमामा परमाणु हमला भयो तब ३ लाख मानिसहरु एकै झट्कामा मृत्युको शिकार भए । यो तस्बिर परमाणु हमला भएको ठाउँबाट ८५० फिटको दुरीमा खिचिएको हो जहाँ कोही व्यक्ति बसिरहेको जस्तो आकार देखिन्छ । ती व्यक्तिको शरिरले बमबाट निस्किएको उच्च मात्राको प्रकाश र तापक्रम सोसेका कारण उनको शरिरको आउटलाइन उनीबसेको ढुङ्गाको भर्याङमा कालो पदार्थको रुपमा बसेको थियो । यो छायाँको वास्तविकता कहिले पनि पहिचान हुन सकेन । मुस्कानका साथ सीन नदीमा मृत पाइएकी अन्जान किशोरीः सन् १९९० मा एक किशोरीको मृत शरिर पेरिसको सीन नदीमा फेला पर्यो । अनुहारमा मृत्युको कुनै सकस थिएन । कुनै पीडा थिएन बरु अनुहारमा सन्तोषले भरिएको एउटा मिठो मुस्कान थियो । जब उनको शवलाई शवगृहमा प्रदर्शन गरियो तब एक चिकित्सक उनको सुन्दरता र अर्धमुस्कानसहितको अनुहारमा लोभिए । ती चिकित्सकले उनको ‘डेथ मास्क’ बनाउन आग्रह गरे । उनको अनुहारको अनेकौं कपी बनाइए, त्यसलाई विभिन्न पसलहरुमा विक्री वितरणको लागि राखियो । उनको ‘डेथ मास्क’ सबैभन्दा बढि चुम्बन गरिएको तस्बिरमध्येको एक भयो । यी किशोरीको अनुहारको तस्बिरबाट मूर्ती बनाइयो जुन ती किशोरीजस्तै रहस्यमयी मुस्कानका साथ देखिन्छ । केविन कार्टरको तस्बिरमा देखिएको सुडानी बच्चाः सन् १९९३ मा फोटोपत्रकार केभिन कार्टर सुडानमा घुम्न गएका बेला एउटा फोटो खिचे जसले पूरै देशलाई स्तब्ध बनायो । गृहयुद्धका कारण सुडानलाई भयंकर गरिबीले गाँजेको थियो । गरिबीमा परेको एक बालक मृत्युको पर्खाइमा रहेको तस्बिर थियो । यी बालक को थिए यसको कहिले पनि पहिचान हुन सकेन । यो तस्बिरले तत्कालीन सुडानको स्थितीलाई संसारसामू ल्याइदिएको थियो । सगरमाथामा भेटिएको शवः सगरमाथा चढ्न निस्केका यी हरियो बुट लगाएका यी व्यक्तिको पहिचान कहिले पनि हुन सकेन । सन् १९२२ देखि सगरमाथामा मानिसहरु चढ्न सुरु गरेका थिए । पहिलो पटक २९ मे सन् १९५३ मा एडमन्ड हिलारी र तेन्जिङ नोर्गे पुगेका थिए । तर उनीभन्दा पहिले कोसिस गर्ने २ सय मानिसहरुको मृत्यु भएको थियो । यीमध्ये धेरैको अहिलेसम्म पहिचान हुन सकेको छैन । युक्रेनको विनित्सामा मारिएका अन्तिम यहूदीको पहिचान अहिलेसम्म अज्ञातः दोस्रो विश्वयुद्धको क्रममा थुप्रै नाजीहरुलाई मारिने गरिन्थ्यो । यो फोटो त्यहीबेलाको हो । फोटोमा देखिएका यी व्यक्ति अन्तिम जीवित यहूदी हुन् र उनी मर्ने क्रममा थिए । यो यहूदीको कहिले पनि पहिचान हुन सकेन । डी.बी. कूपरः यी व्यक्ति अमेरिकी वायुयान सेवाको इतिहासको पहिलो र अन्तिम व्यक्ति हुन् जसको पहिचान कहिले पनि हुन सकेन । उनको अमेरिकी जहाजलाई हावामा नै हाइज्याक गरे र २ लाख अमेरिकी डलरसँगै जहाजलाई कतै अवतरन गराउनुभन्दा पहिले नै प्यारासुटको सहयोगले जहाजबाट हाम फाले । लाखौं कोसिसका बावजुद अमेरिकी एजेन्सीले उनलाई पक्राउ गर्न सकेन । घटनाको ४ वर्षपछि केही पैसा कोलम्बियाको नदीमा भेटियो तर बाँकी रकम र प्यारासुट र कूपरलाई कहिले पनि भेटाउन सकेनन् । ‘भिक्ट्रि डे’ मा चुम्बन गरिरहेका अन्जान जोडीः जब न्यूयोर्क दोस्रो विश्वयुद्ध अन्त्य भएको खुसीयाली मनाइरहेको थियो तब यो तस्बिर अल्फेड एसेस्टेन्टले खिचेका थिए । यो तस्बिरलाई खुसीहरुको ‘आइकन’ मानियो र यो जोडीको खोजी गरियो । तर यो जोडी कहिले पनि सार्वजनिक भएनन् । जो जोडीले दाबी गरे, उनीहरु गलत पाइए । सही ‘आइकन’ को खोजी कहिले पनि पूरा हुन सकेन । द बबुश्का लेडीः अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको हत्याकाो समय एक महिला घटनास्थलमा देखिएकी थिइन्जो थुप्रै मानिसहरुको क्यामरामा कैद भएकी थिइन् । केनेडीको हत्या ती महिलाले हातमा बोकेको क्यामरारुपी पिस्तोलबाट भएको मानिन्छ । तर ती महिलाको कहिले पनि पहिचान हुन सकेन न त उनको क्यामरा वा पिस्तोलको केही पत्ता लाग्न सक्यो । पछि एक महिलाले घटनास्थलमा भएको दाबी गरेकी थिइन् तर उनले सो विषयलाई पुष्टि गर्न सकिनन् । त्यसकारण केनेडीको हत्या कुनै एक महिलाले गरेको हो वा कुनै समूहले उनको हत्या गरेको थियो भन्ने बारे अहिलेसम्म पत्ता लाग्न सकेको छैन ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप