इन्चार्ज यादवले रक्सी खाएर लापरबाही गरेपछि...
महोत्तरी, – महोत्तरी जिल्लाको गौशालास्थित प्राथमिक स्वास्थ्य केन्द्रका इन्चार्ज अशोक यादव ड्युटीको समयमा सार्वजनिक स्थानमा रक्सी सेवन गरी वेवारिसे अवस्थामा फेला परेपछि निजलाई कारबाहीका लागि जिल्ला पठाइएको छ ।
सोमबार बेलुकीको समयमा इन्चार्ज यादव प्राथमिक स्वास्थ्य केन्द्र गौशालाको छेउमै रहेको जिरोमाइल चौकमै अत्यधिक मात्रामा रक्सी सेवन गरी अलपत्र अवस्थामा सुतेको फेला परेपछि इन्चार्ज यादवलाई आवश्यक कारबाहीका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको हो ।
बारम्बार ड्युटीको समयै रक्सी सेवन गर्दै आएकाले निज चिकित्सक यादवलाई स्थानीयवासीको रोहवरमा राखेर विभागीय कारबाहीका लागि जिल्ला अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
एमबिबिएस स्तरको करार दरबन्दीमा गत वर्षदेखि अस्पतालको इन्चार्ज जस्तो पदमा रहेर कार्यरत रहनुभएका चिकित्सक यादवले यसभन्दा अगाडि पनि अनेकौँ पटक ड्युटीको समयमा रक्सी सेवन गरी लापरबाही गर्दै आएको जानकारी सम्बन्धित सरोकारवाला निकायलाई ध्यानाकर्षण गराए तापनि कुनै कारबाही नगरेको स्थानीयवासीले प्रतिक्रिया दिएका छन् ।
यस सम्बन्धमा जिल्ला अस्पताल जलेश्वरका प्रमुख मनिष पाण्डेले इन्चार्ज यादवलाई तत्काल उपचारका लागि व्यवस्था गरिनुपर्ने बताए । करारमा सो अस्पतालको प्रमुखका रुपमा पठाइएकाले उच्च निकायले आफूहरुलाई कुनै जानकारी बिना खटाएकाले आफूले यस सम्बन्धमा कुनै कारबाही गर्न नसक्ने पाण्डेको भनाइ छ ।
आफूले तथा आफ्नो कार्यालयले सुधारका लागि बारम्बार दिएको लिखित एवम् मौखिक निर्देशनको इन्चार्ज यादवले बेवास्ता गर्दै आएको प्रमुख पाण्डेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण