नेविसंघको निर्वाचन कार्यतालिका फेरि परिवर्तन गरियो
मङ्गलबार, ३२ साउन २०७३, १० : ५९
काठमाडौं– नेपाल विद्यार्थी संघको ११ औँ महाधिवेशनको निर्वाचन कार्यतालिकामा फेरि परिवर्तन गरिएको छ ।
यसअघि पनि पटक पटक निर्वाचन कार्यतालिका परिवर्तन गरिसकेको निर्वाचन समितिले अन्तिम पटक मनोनयन दर्ताको कार्यतालिका परिवर्तन गरेको हो ।
यअसघि मनोनयन दर्ताको कार्यतालिका मंगलबार बिहान ११ बजेसम्मको लागि तोकिएकोमा अहिले एक घण्टा थप गरेर १२ बजेसम्म पुर्याएको हो । निर्वाचन समितिका संयोजक भरत खरेलले प्राविधिक कारणबस मनोनयन दर्ताको समय एक घण्टाको लागि थपिएको जानकारी दिए ।
शीर्ष तहमा भएको सहमतिअनुसार नेविसंघको नेतृत्व चयनका लागि बुधबार निर्वाचन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण