सुनको भाउ तोलामा ४ सय महंगियो
मङ्गलबार, ३२ साउन २०७३, ११ : ३०
काठमाडौ–महिनाको अन्तिम दिन मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ४ सय रुपैयाँ महंगिएको छ । तीन दिनसम्म स्थिर रहेको सुनको भाउ महंगिएपछि कारोवार भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ५९ हजार ३ सय, तेजावी सुन ५९ हजार ५० रुपैयाँ र चाँदी ८ सय ९५ रुपैयाँ प्रतितोलामा कारोवार भइरहेको छ । अघिल्लो दिन भने छापावाल सुन तोलामा ५८ हजार ९ सय, तेजावी ५८ हजार ६ सय ५० र चाँदी ८ सय ९० रुपैयाँमा कारोवार भएको थियो । अहिले सुनको कारोवार हुने मुख्य सिजन रहेको भएपनि भाउ आकासिएकाले कारोवार हुननसकेको व्यवसायीको भनाइ छ । तीज नजिकिएकाले यो समय सुनको कारोवार बढ्ने सिजन हो । तर, अन्तर्राष्ट्रिय बजार भाउकै कारण नेपाली बजारमा पनि सुन महंगिएकाले कारोवार कम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण