सरकारी स्वामित्वका दुई बैंकको नाफा घट्यो
काठमाडौ–अहिले बैंक तथा बित्तीय संस्थाले आफ्नो चौथो त्रैमासिक बित्तीय बिवरण सार्वजनिक गरिरहेका छन् । केही बाहेक अधिकाशं बाणिज्य बैंकहरुले आफ्नो गत आर्थिक बर्षको बित्तीय बिवरण सार्वजनिक गरेका छन् । अहिलेसम्म बित्तीय बिवरण सार्वजनिक गरेका अधिकाशं बाणिज्य बैंकले गत आवमा उल्लेख्य रुपमा नाफा आर्जन गरेका छन् । खासगरि, निजी क्षेत्रका बाणिज्य बैंकहरुले गत आवमा राम्रो ब्याज आम्दानी गरेकाले नाफा पनि बढाएका छन् । तर, सरकारी स्वामित्वको नेपाल बैंक बाहेक अन्य दुई बैंकको भने नाफा घटेको छ । गत आबमा उल्लेख्य नाफा गरेका राष्ट्रिय बाणिज्य बैंक र कृषि बिकास बैंकको नाफा गत आवमा भने कमी आएको हो । अघिल्लो आवमा आफ्नो स्वामित्वमा रहेको सम्पत्ति बेचेर आम्दानी बढाएकाले राष्ट्रिय बाणिज्य बैंकले नाफा पनि राम्रो गरेको थियो । तर, गत आवमा भने उसको नाफा अघिल्लो आवको तुलनामा २ अर्ब रुपैयाँले घटेको छ । अघिल्लो आवमा ४ अर्ब ६४ करोड ३८ लाख रुपैयाँ नाफा गरेको बाणिज्य बैंकले गत आवमा भने २ अर्ब ६४ करोड रुपैयाँ नाफा गरेको छ । कर्मचारीको सेवा सुविधा र अवकासमा ठूलो रकम खर्च भएकाले पनि नाफा घटेको बैंकले जनाएको छ । बैंकका अनुसार गत आवमा कर्मचारीको अवकास सुविधामा मात्र ६० करोड रकम छुट्याउनु परेको छ । यस्तै, अर्को सरकारी स्वामित्वको बैंक कृषि विकास बैंकले पनि गत आवमा २ अर्ब ५७ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवमा तीन अर्ब ६० करोड नाफा गरेको थियो । बैंकले गत आवमा खराव कर्जामा सुधार गरेको थियो । बैंकले साढे तीन अर्ब रुपैयाँ डुवेको रकम उठाएकाले पनि गत आवमा नाफा अत्यधिक देखिएको थियो । तर यस पटक यस्तो रकम असुलिमा कमी आएको बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण