रियो ओलम्पिकः ७२ देशले जिते पदक, अमेरिका २६ स्वर्णसहित शीर्ष स्थानमा, चीन तेस्रो (पदक तालिकासहित)
रियो दि जेनेरेरिया– ब्राजिलमा जारी ओलम्पिक प्रतियोगितामा ११ औं दिनको खेल चल्दैगर्दा अमेरिका २६ स्वर्ण पदक सहित शीर्ष स्थानमा रहेको छ । अमेरिकाले २६ स्वर्णसहित २३ रचत र २६ कास्य गरी कूल ७५ पदक जितेको छ । यस्तै चीनलाई पछि पार्दै ग्रेट ब्रिटेन दोस्रो स्थानमा रहेको छ । ब्रिटेनले १६ स्वर्ण, १७ रजत र ८ कास्य गरी कूल ४१ पदक जितेको छ । यस्तै चीनले कुल पदक ४६ ओटा जितेपछि स्वर्ण संख्यामा ब्रिटेन भन्दा पछि पर्दै तेस्रो स्थानमा रहेको हो । चीनले १५ स्वर्णसहित १४ रजत र १७ कास्य गरी कूल ४६ पदक जितेको छ । यस्तै पदक तालिकामा रसिया चौथो, इटाली पाँचौ, जर्मनी छैटौं, फ्रान्स सातौं , जापान आठौं, अष्ट्रेलिया नवौं र दक्षिण कोरिया दशौं स्थानमा रहेको छ । हालसम्म प्रतियोगितामा ७२ देशले पदक जितेका छन् । तर नेपाल भने अहिलेसम्म पदक विहिन रहेको छ। यस्तो छ पदक तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण