सहिद तथा बेपत्ता परिवारसँग प्रचण्डले भने– तपाईंहरुको पीडामा मल्हमपट्टी लगाउन कोशिस गर्छु
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सहिद तथा बेपत्ता योद्धाका परिवारले सामूहिक भेट गरेका छन् । मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्रीले सहिद तथा बेपत्ता परिवारलाई राहत दिने एवं शान्ति प्रक्रियाका बाँकी काम पुरा गराउन आफ्नो ध्यान रहेको बताए । प्रधानमन्त्रीले भने, ‘जनयुद्धका सहिदहरुलाई राज्यबाट सहिद घोषणा गर्ने र १० लाख दिने निर्णय म पहिलोपटक प्रधानमन्त्री हुँदा गरेको पहिलो निर्णय थियो । अहिले दोस्रोपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि बाँकी ५ लाख दिने पहिलो निर्णय गरेको छु । सहिद तथा बेपत्ता योद्धा परिवारप्रति अहिलेको समयमा राज्यले के गर्न सक्छ, त्यसमा गर्न सकिने अधिकतम् प्रयास गर्नेछु ।’ प्रधानमन्त्रीले थपे, ‘मेरै नेतृत्वमा जनयुद्ध भयो, त्यति ठूलो बलिदान भयो, मैले आफूलाई त्यसबाट अलग राख्न सक्दिनँ । तपाईंहरुको पीडामा मल्हमपट्टी लगाउन र शान्ति प्रक्रियाका बाँकी काम सफल पार्न कोशिस हुन्छ, यसमा मलाई तपाईहरुको साथ र सहयोग हुने विश्वास लिएको छु ।’ भेटमा सहिद तथा बेपत्ता योद्धाका परिवारहरुले बेपत्ताहरुको अवस्था सार्वजनिक गर्न, जनयुद्धका सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्न, सहिद परिचय पत्रको व्यवस्था गर्न, शान्ति प्रक्रियाका बाँकी कामहरु टुंगो लगाउन प्रधानमन्त्रीसँग अनुरोध गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण