नेविसंघको अध्यक्षमा ८ जनाको उम्मेद्वारी पर्यो
मङ्गलबार, ३२ साउन २०७३, १४ : १३
काठमाडौं- नेपाल विद्यार्थी सङ्घको अध्यक्षका लागि आठ जनाको उम्मेदवारी परेको छ ।
महामन्त्री र कोषाध्यक्षमा भने क्रमशः ६ र ५ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । अध्यक्षमा उम्मेदवारी दिनेमा मनोजमणि आचार्य, नगेन्द्रसिंह ठकुरी, नैनसिंह महर, शुभराम बस्नेत, वचन कार्की, पदमराज पन्त, आनन्दराज त्रिपाठी र लक्ष्मण आचार्य रहनुभएको निर्वाचन समितिका संयोजक भरतप्रसाद खरेलले जानकारी दिए ।
त्यसैगरी महामन्त्रीमा हिमालदत्त श्रेष्ठ, राजेश ज्ञवाली, कुन्दनराज काफ्ले, सरोज थापा, दीपक भट्टराई र शङ्कर पौडेलको उम्मेदवारी परेको छ । कोषाध्यक्षमा शिव रिमाल, अञ्जना अर्याल, केदार खनाल, टीका श्रेष्ठ र उमेश भट्टराईले उम्मेदवारी दिनुभएको खरेलले जानकारी दिए ।
सङ्घका १२९ पदका लागि ६८५ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । समितिले साँझ ६ं.३० बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकेको छ । सङ्घको ११औं महाधिवेशन अन्तर्गत मतदान बुधबार बिहान काँग्रेस केन्द्रीय कार्यालय सानेपामा हुने तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण