बाबुरामले भने–भूकम्प पीडितलाई सरकारले एकमुष्ट ५ लाख दिनुपर्छ
मङ्गलबार, ३२ साउन २०७३, १४ : ३७
काठमाडौं– पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले भूकम्प पीडितको घर निर्माणका लागि सरकारले दिने भनेको २ लाख अन्त्यन्न न्यून भएको बताएका छन् ।
मंगलबार गृहजिल्ला गोरखा सदरमुकाममा आयोजित एक कार्यक्रममा उनले सरकारले भूकम्प पीडितलाई घर बनाउन एकमुष्ट ५ लाख रुपैयाँ दिनु पर्ने समेत बताए ।
उनले सरकारसँग दृढ इच्छाशक्ति हुने हो भने स्रोतको कुनै अभाव नरहने भन्दै भने दातृ निकायबाट पर्याप्त सहयोग लिन सकिने बताए । उनले भने–‘सरकार पैसा छैन भनेर राहत दिनबाट पछि हट्न खोजेको जस्तो देखिन्छ, तर त्यो सहि होइन । म नै भूकम्प पीडितका लागि भनेर १० खर्ब उठाउन सक्छु ।’
उनले भूकम्प पीडितलाई दुई लाख दिन समेत अनेक शर्त राखिएको भन्दै उनले त्यसबाट नै सरकार जिम्मेवारीबाट पन्छिन खाजेको जस्तो भान भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण