एमाले स्थायी कमिटी बैठक स्थगित
मङ्गलबार, ३२ साउन २०७३, १४ : ५९
काठमाडौँ – आजका लागि तय भएको नेकपा एमाले स्थायी कमिटीको बैठक स्थगन भएको छ ।
काठमाडौँबाट काभ्रेपलाञ्चोकको मदानकुँडारीतर्फ जाँदै गरेको यात्रुबाहक बस काभ्रेको बिर्तादेउराली– ७, खहरे खोलामा सोमबार दुर्घटना भएका घाइतेको भेटघाटमा पार्टीका अध्यक्ष केपी शर्मा ओली तथा अन्य वरिष्ठ नेता सर्वदलीय बैठकमा जानुपर्ने भएकाले बैठक स्थगन भएको हो ।
एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले आइतबारदेखि सुरु भएको कमिटीको अर्को बैठक बुधबार मध्याह्न १२ बजेका लागि राखिएको छ । बैठकका लागि एमाले नेतृत्वको सरकारको समीक्षा, नयाँ राजनीतिक गठबन्धन, स्थानीय निकाय पुनः संरचनाबारे पार्टीको धारणा, प्रदेश कमिटीको संयोजक चयन, सल्लाहकार र ज्येष्ठ नागरिकमा मनोनयन लगायत कार्यसूची तय गरिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण