चैत महिनाभित्र स्थानीय निकायको निर्वाचन हुन्छः सञ्चारमन्त्री
काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री राम कार्कीले एमालेलाई विश्वासमा लिएर चैत महिनाभित्रमा स्थानीय निकायको निर्वाचन गरिने बताएका छन् ।
रिपोर्टर्स क्लबले आज आयोजना गरेको अन्तक्र्रियामा मन्त्री कार्कीले मधेसकेन्द्रित दलका मागलाई सम्बोधन गरी निर्वाचन गर्न सकिने बताउँदै त्यसका लागि आवश्यक परेमा संविधान संशोधन गर्न एमालेले पनि सहयोग गर्ने विश्वास व्यक्त गरे ।
उनले विगतको सरकारले श्रमजीवी पत्रकारलाई सिफारिस गरेको न्यूनतम पारिश्रमिक कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा नेकपा एमालेका नेता एवम् पूर्वसञ्चारमन्त्री शेरधन राईले प्रधानमन्त्री चुनावमा मधेसकेन्द्रित दल सहभागी भएकाले संविधान संशोधनको आवश्यकता नरहेको बताउँदै अहिलेको म्यादी सरकारले चुनाव गराउन नसक्ने र समयमै चुनाव नभए अहिलेका उपलब्धि गुम्नसक्ने खतरा रहेको विचार व्यक्त गरे । नेपाली काँग्रसका नेता चन्द्र भण्डारीले अघिल्लो पुस्ताले बिगारेको राजनीतिलाई नयाँ पुस्ताले सपार्नुपर्ने विचार व्यक्त गर्दै प्रतिपक्ष दललाई साथमा लिएर संविधान संशोधन गर्नुपर्नेमा जोड दिए ।
तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले मुलुकमा भएका ठूला राजनीतिक परिवर्तनमा मधेसको योगदान रहे पनि त्यहाँका जनताले अधिकार प्राप्त गर्न नसकेकामा चिन्ता गर्दै सीमा सुरक्षाका लागि पनि तराईका जनतालाई बलियो बनाउनपर्ने विचार व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण