आन्दोलनको चेतावनीसहित वैद्यले बुझाए प्रचण्डलाई ९ बुँदे ज्ञापनपत्र
काठमाडौं– सुकुम्बासी समस्या समाधानको पहल गर्न ध्यानाकर्षण गराउँदै नेकपा क्रान्तिकारी माओवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ९ बुँदे ज्ञापन पत्र बुझाएको छ । नेकपा क्रान्तिकारीका अध्यक्ष मोहन वैद्यको नेतृत्वमा मंगलबार दिउँसो सिंहदरबार पुगेको टोलीले प्रचण्डलाई सो ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा सुकुम्बासीको व्यवस्थापनमा कुनै व्यवस्था नै नगरी उनीहरुलाई हटाउने, हट्नको लागि सूचना जारी गर्ने र पाक्न लागेको बाली नष्ट गरिदिने जस्ता अमानवीय कार्यहरू भइरहेका भन्दै सरकारको आलोचना गर्नुका साथै उनीहरुको समस्या समाधान नभए आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ ।
यस्ता छन् नेकपा माओवादी क्रान्तिकारीका मागहरुः
१ . सुकुम्वासीहरूलाई कुनै वैकल्पिक व्यवस्था नगरीकनै उठाउने, उठाउनको लागि सूचना जारी गर्ने, खेती बाली नष्ट गर्ने कार्य अविलम्ब रोकियोस् । २ . खिलराज सरकारको पालादेखि सुकुम्वासी वस्तीमा पानी, बिजुलीको सुविधा कटौती गरिएको छ । सुकुम्वासी बस्तीमा पानी, बिजुली आपूर्तिको अविलम्ब व्यवस्था गरियोस् । ३ . वास्तविक सुकुम्वासी र नक्कली सुकुम्वासीलाई छुट्याउने काम गरियोस् । वास्तविक सुकुम्वासीलाई आफू रहेको स्थानमा जग्गाधनी पुर्जा दिने व्यवस्था गरियोस् । ४ . वास्तविक सुकुम्वासीलाई परिचयपत्रको व्यवस्था गरियोस् । ५ . वास्तविक सुकुम्वासीहरूलाई औषधी उपचारमा छूटको व्यवस्था गरियोस् । ६ . वास्तविक सुकुम्वासीहरूका बच्चाहरूलाई निःशुल्क शिक्षाको व्यवस्था गरियोस् । ७ . वास्तविक सुकुम्वासीहरूलाई रोजगारीको व्यवस्था गरियोस् । ८ . वास्तविक सुकुम्वासीहरूलाई स्थानान्तरण गर्नुपर्ने अवस्थामा वैकल्पिक व्यवस्था गरेर मात्र स्थानान्तरण गरियोस् । ९ . देशभरि सुकुम्बासी वस्तीहरुमा राज्यको तर्फबाट गरिएको नोक्सानीको क्षतिपूर्ति उपलब्ध गराइयोस् । हामी सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष उक्त मागहरूलाई अविलम्ब पूरा गर्न विशेष अनुरोध गर्दछौं । अन्यथा, हामी सुकुम्वासी समस्यालाई लिएर स्वतन्त्र वा संयुक्त रूपमा आन्दोलनमा उत्रने कुराको समेत जानकारी गराउँछौं ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण