थारुको छोरो हुँ,सोझो छु तर कामको मामलामा कडा छुः कृषिमन्त्री
काठमाडौं–कृषिमन्त्री गौरी शंकर थारु (चौधरी)ले आफू कामको मामलामा कडा भएको भन्दै इमान्दार भएर जिम्मेवारी पूरा गर्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । यसअघिका कृषिमन्त्री हरिबोल गजुरेलको बिदाईमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले इमान्दारिताका साथ काम गर्ने कर्मचारीलाई आफ्नो सदैव साथ रहने र काम चोर कर्मचारीले कारबाहीको दायरामा ल्याउने उनले बताए । उनले आफू थारुको छोरो भएको र थारु सोझो हुने भन्दै कामको मामलामा भने इमान्दार भएको बताए । ‘ म थारुको छोरो हुँ, थारु सोझो हुन्छ । सोझो थारुको छोरो कामको मामलामा भने कडा र इमान्दमार छु’, उनले भने । सो अवसरमा निवर्तमान कृषिमन्त्री हरिबोल गजुरेलले कर्मचारीको सहयोग बिना मन्त्री सफल हुन नसक्ने भन्दै आफूलाई सफल बनाउन कर्मचारीको हात रहेको बताए । उनले नयाँ मन्त्रीलाई पनि आफूलाई जस्तैगरी सहयोग गर्न समेत कर्मचारीहरुसाग आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण