बुटवलमा हाइटेन्सन लाइनको तार चुँडियो, खेलिरहेका दुई बालक दाजुभाईको मृत्यु
मङ्गलबार, ३२ साउन २०७३, १७ : ००
रुपन्देही, साउन ३२– बुटवलमा बिजुलीको तार चुँडिएर भूईमा खस्दा आफ्नै घर वरीपरी खेलिरहेका २ नावालाक दाजुभाईको ज्यान गएको छ । मृत्यू हुनेमा १० वर्षिय रोहित क्षेत्री र ६ वर्षका रोहन क्षेत्री रहेका छन् ।
[caption id="attachment_71758" align="alignnone" width="819"] फोटो साभार: क्रेजी बुटवल डटकम[/caption]
बुटवल उपमहानगरपालिका १२ स्थित जोगिकुटी चोकबाट प्रहरी तालिमकेन्द्र जाने भित्रीबाटोमा दिउँसो करीव २ बजेतिर एक्कासी तार चुँडिएर भूँईमा खसेको थियो । तिलोत्तमा नगरपालिकाको सिमानामा रहेको उक्त ठाउँ घरनजिकै रहेकोले तिलोत्तामा २० का गोपाल क्षेत्रीका छोराहरु साईकलमा खेल्दै पुगेको बेला करेण्ट लागेका प्रहरीले जनाएको छ ।
‘बच्चाहरु साईकल चलाउँदै त्यहाँ पुगेर सितलमा आराम गरिरहेको बेला एक्कासी तार चुँडिएर खसेपछि दुर्घटना भयो’ ईप्रका बुटवलका डिएसपी महेन्द्र खड्काले भने, ‘हाईटेन्सनको तार चुडिएपछि घटनास्थलमै मृत्यू भएको भेटियो ।’
उनीहरुको शव पोष्टमार्टमका लागि अंचल अस्पत्ताल बुटवलमा राखिएको छ । विजुलीको तार चुँडिएकोबारे प्रहरीले छानविन सुरु गरेको डिएसपि खड्काले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण