निर्माण सम्पन्न भएको एक हप्ता नबित्दै भत्किन थाल्यो कालोपत्रे
मङ्गलबार, ३२ साउन २०७३, १६ : ५५
सल्यान–जिल्लाको सल्लीबजार रुकुम चौरजहारी सडकमा ओटासिल प्रविधिबाट गरिएको सडक कालोपत्रे एक हप्ता नहुँदै भत्किन थालेको छ ।
चौरजहारी सडकखण्डमा एक किलोमिटर कालोपत्रे गरिएकोमा एकहप्तामै ८ सय मिटर भत्किन थालेको हो ।
सडक डिभिजन कार्यालय दाङ मार्फत डिल्ली रावतले २ करोड ५० लाखमा ठेक्का लगेका थिए । तीन वर्षअघि सम्झौता गरी ठेक्का लिएका रावतले तीन वर्षको अवधिमा एक किलोमिटर बाटो कालोपत्रे गरेको र त्यसमा पनि ८ सय मिटर कालोपत्रे भत्कि सकेको स्थानीयको भनाई रहेको छ ।
असार महिनामा कामको प्रगति देखाउने नाममा सडकको काम गुणस्तरहिन भएको स्थानीय भुपाल साहुको भनाई रहेको छ ।
बाटो खुलेको १२ वर्ष पछि कालोपत्रेको योजना परेको थियो त्यो पनि एक हप्ता नहुदै भत्किन थालिसकेको र बाटोको स्तर उन्नती नहुँदा नागरिकले दुःख पाउने गरेको स्थानीय किर्ती बहादुर रानाको भनाई रहेको छ ।
सडक डिभिजन कार्यालय दाङका अनुसार उक्त सडकखण्डमा ३ दशमलव ५ मिटर चौडा र ३ किलोमिटर लामो उक्त सडकखण्डमा १६ एमएम ओटासिल गर्नुपर्ने योजना रहेको छ ।
ठुलो गाडि त परै जाओस् मानिसको खुट्टाले राम्रोसँग खोस्रिने हो भने पनि सडक भत्किने गरेको स्थानीय खिम बहादुर बुढाको भनाई रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण