गणेश थापाको आलोचना गरेर गल्ती भयोः कर्माछिरिङ
काठमाडौं, साउन ३२– अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष कर्माछिरिङ शेर्पाले पूर्व अध्यक्ष गणेश थापाविरुद्व लागेर गल्ती भएको स्वीकार गरेका छन् । एन्फाको साधारण सभाको मिति तय गर्न बसेको एन्फा कार्यसमिति बैठकमा उनले यस्तो बताउँदै गणेश थापाले आफ्नो कार्यकालमा केहि गल्ती कमजोरी गरेको भएपनि उल्लेख्य सुधारका कामहरु गरेको स्वीकारेको बैठकमा सहभागि एक पदाधिकारीले जानकारी दिए । ‘गणेश थापाले फुटबलको विकासमा योगदान दिएका हुन् । तर जसरी उनको आलोचना गर्ने काम भयो त्यसमा भने गल्ती भएको महसुश भएको छ’, बैठकमा उनले भनेको भनाई उदृत गर्दै ति पदाधिकारीले भने । लामो समय थापाको कडा आलोचना गर्दै आएका उनले साधारणसभाको तयारी हुँदै गर्दा यस्तो बताउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । बैठकमा उनले थापाको ५८ करोडको भ्रष्टाचार मुद्दालाई अख्तियारले तामेलीमा राखेको निर्णयलाई आफूले मान्ने र आगामी दिनमा सबैसँग सहकार्य गर्दै अघि बढ्न चाहेको समेत बताएको ति कार्यसमिति सदस्यको भनाई छ । अख्तियारले थापाको मुद्दालाई तामेलीमा राखेपनि फुटबलको सर्वोच्च निकाय आर्थिक अनियमितताको अभियोगमा १० वर्षको प्रतिबन्ध लगाएको छ । फिफाको प्रतिबन्धपछि थापाले आफूमाथि अन्याय भएको भन्दै खेलकुदको सर्वोच्च न्यायिक संस्था कोर्ट अफ आर्बिटेशन जाने बताएका छन् । यसैबीच एन्फाको कार्यसमिति बैठकले कात्तिक ८ गते साधारणसभा बोलाउने निर्णय गरेको छ । साधारणसभाबाट एक अध्यक्ष र एक उपाध्यक्षको चयन गरिने बताइएको छ । थापालाई फिफाको निलम्बनपछि एन्फाको अध्यक्ष पद र ललितकृष्ण श्रेष्ठको करेन्ट लागेर गतवर्ष निधन भएपछि उपाध्यक्ष पद खाली रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण