झुठो विवरण पेस गरेर नागरिकता दिलाउने तीन पक्राउ, यसरी खुल्यो पोल
बुधबार, ०१ भदौ २०७३, २३ : १३
रसुवा – झुठो विवरण पेस गरी नगरिकता दिलाएको आरोपमा राम्चेका तीन व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार पक्राउ पर्नेमा रामचे गाविस–५ का मिङ्मर गलान, सोही गाविस वडा नं ४ बस्ने स्याङ्डुप तामाङ र दावा सिङ्गी स्याक्पा रहेका छन् । उनीहरुमाथि २०६७ सालमा छोरी नाताका तीन नाबालकलाई साबालक बनाई झुठो विवरण लेखाएर नागरिकता दिलाएको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनीहरुमाथि नाबालक बालबालिकालाई रोजगारीका लागि खाडी मुलुकमा पठाउन कानुन विपरीत काम गरेको आरोप लगाइएको छ । नागरिकता प्राप्त गरेका नाबालक विदेश जान र लान अध्यागमनले रोकेपछि रहस्य खुलेको हो ।
नागरिकता प्राप्त गर्नेमा सोही स्थानकी थिमोयाङ्जी गलान, पासाङ् टोमो तामाङ र छेसाङ तामाङ रहेका छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण