सर्वोच्चद्वारा विद्यालय व्यवस्थापन समिति विघटन तत्काललाई रोक्का
बुधबार, ०१ भदौ २०७३, २३ : १५
काठमाडौँ –सामुदायिक विद्यालयका विद्यमान व्यवस्थापन समिति विघटन गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न नगराउन सर्वोच्च अदालतले आज अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले नेपाल सरकार, शिक्षा मन्त्राललय, शिक्षा विभागका नाममा समिति विघटन नगर्न नगराउन अन्तरिम आदेश दिएको हो ।
प्रधानन्यायाधीश कार्कीको इजलासले विभागको निर्देशन र विभिन्न जिल्ला शिक्षा कार्यालयका पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । आदेशमा विपक्षी सरकारलाई १५ दिनभित्र आफ्नो निर्देशनसम्बन्धी कागजात राखी लिखित जवाफसहित उपस्थित हुन पनि भनिएको छ ।
शिक्षा ऐन, २०२८ (आठौँ संशोधन), २०७३ अनुसार सबै सामुदायिक विद्यालयलाई विद्यमान व्यवस्थापन समिति विघटन गरी नयाँ समिति चयन गर्न गत साउन ५ गते परिपत्र गरिएको थियो ।
ललितपुरस्थित हरिसिद्धी उमाविका व्यवस्थापन समितिका अध्यक्ष गोविन्दप्रसाद तिमल्सिना र आदर्श कन्या उमाविका व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद तिमल्सिनाले गत साउन ३१ गते सरकारको निर्णयको विरुद्ध रिट निवेदन दायर गरेका थिए ।
सर्वोच्चले यही भदौ २६ गते शिक्षा विभाग र उजुरीकर्तालाई थप छलफलका लागि बोलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण