रियो ओलम्पिक : एथलेटिक्समा रिमाल पहिलो चरणबाटै बाहिरिए
काठमाडौँ, भदौ १– ब्राजिलमा जारी रियो ओलम्पिक २०१६ अन्तर्गत पाँच हजार मिटर दौडमा नेपालका हरिकुमार रिमाल पहिलो चरणबाटै बाहिरिएका छन् ।
रियो दि जेनिरियोमा आज साँझ भएको खेलमा उनी उक्त स्पर्धाको पहिलो चरणबाट नै बाहिरिएका हुन् । नेपाल आर्मीका २८ वर्षीय धावक रिमालले निर्धारित दुरी १४ मिनेट ५४ दशमलव ४२ सेकेण्डमा पूरा गरे । पच्चीस खेलाडीले भाग लिएको उक्त स्पर्धामा उनी २३ औँ स्थानमा रहे ।
उनले सोमालिया र सोलेमन आइसल्यान्डका खेलाडीलाई मात्र पछि पार्न सके । हरिको हिटमा इथियोपियाका हागोस गेब्रेह्वाइट १३ मिनेट २४ दशमलव ६५ सेकेण्ड समय खर्चदै पहिलो भए ।
सोही स्पर्धामा दश वर्षअघि राजेन्द्र भण्डारीले १४ मिनेट ०१ दशमलव १९ सेकेन्ड समय खर्चर्दै राष्ट्रिय कीर्तिमान कायम गरेका थिए । रिमाल उक्त कीर्तिमान भङ्ग गर्ने उद्देश्य बोकेर रियो प्रवेश गरे भएपनि त्यो सपना भने पूरा हुन सकेन ।
बाह्रौ दक्षिण एसियाली खेलकुद (सागमा) हरिले सोही स्पर्धामा १४ मिनेट ३२.१८ सेकेन्डमा पूरा गर्दै कास्यपदक जितेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण