क्षतिपूर्ति दिने सहमतिपछि काभ्रे बस दुर्घटनामा ज्यान गुमाएकाहरुको आफन्तले शव बुझे, सामूहिक दाहसंस्कार गरियो
काठमाडौँ– काभ्रेपलाञ्चोकको बिर्ता देउराली–९ कोसीपारि सडकमा सोमबार भएको बस दुर्घटनामा मृत्यु भएका व्यक्तिका आफन्त र व्यवसायीबीच क्षतिपूर्तिबारे सहमति भएपछि पीडितले शव बुझेका छन् ।
क्षतिपूर्तिबारे मङ्गलबार दिनभर अरनिको यातायात समितिका पदाधिकारी, जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद र पीडितपक्षबीच धुलिखेलमा छलफल भएपनि क्षतिपूर्तिको कुरा मिलेको थिएन ।
आज बिहान भएको छलफलमा तेस्रो पक्ष बिमाबाहेक समितिको तर्फबाट पीडितलाई किरियाखर्चवापत रु एक÷एक लाख दिने मौखिक सहमतिपछि पीडितका आफन्तले शव बुझेको छलफलमा सहभागी सांसद तीर्थ लामाले जानकारी दिए ।
मृतकका आफन्तले तेस्रो पक्ष बिमाबाहेक आफूहरूले समितिको तर्फबाट थप एक÷एक लाख क्षतिपूर्ति पाउनुपर्ने माग राखेपनि समितिले स्पष्ट उत्तर नदिँदा मङ्गलबार सहमति हुन सकेको थिएन ।
समितिका अध्यक्ष जितबहादुर भारतीले भने पीडितलाई समितिको तर्फबाट एक÷ लाख दिने सहमति नभएको दाबी गरे ।
अध्यक्ष भारतीले भने, “उहाँहरुले पाउने क्षतिपूर्ति नियमानुसार पाउनुहुन्छ, समितिको तर्फबाट थप केही दिन सकिँदैन ।
छलफलका क्रममा उक्त रुटमा चल्ने सवारीले क्षमताभन्दा बढी यात्रु नबोक्ने, यात्रुवाहक बसले सामान ढुवानी गर्न नपाउनेलगायत सहमति भएको सांसद लामाको भनाइ छ ।
चालकको चालक अनुमितपत्र सक्कली
यसैबीच दुर्घटना गराउने बसका चालकको चालक अनुमतिपत्र नक्कली नभएको निक्र्योल भएको छ । दुर्घटनाग्रस्त २ ख १०६ नंको बस चालक चिन्तामणि गौतमको ०६–२१३४२९ नं.को सवारी चालक अनुमितपत्र यातायात व्यवस्था कार्यालयको अभिलेखमा भिडाउँदा सक्कली नै भएको भेटिएको प्रहरीले जनाएको छ ।
मृतकको सामूहिक दाहसंस्कार
उक्त दुर्घटनामा ज्यान गुमाएकाको आजै आ–आफ्नो धार्मिक संस्कारअनुसार दाहसंस्कार गरिएको छ ।
हिन्दु धर्मावलम्बीको पशुपति आर्यघाटमा, बौद्ध धर्मावलम्बीको स्वयम्भूमा, दुईजनाको इसाई परम्परा र रामेछापका दुईजनाको रामेछापमै आ–आफ्नो धार्मिक परम्पराअनुसार दाहसंस्कार गरिएको आफन्तले जानकारी दिएका छन् ।
मृतकको शव सम्बन्धित गाउँमै लैजान बढी खर्च र बाटोको समस्याका कारण काठमाडौँमै दाहसंस्कार गरिएको मृतकका आफन्त विक्रमदास दमाईले जानकारी दिऐ ।
दुर्घटनामा २७ जनाले ज्यान गुमाएका थिए । कात्तिके देउराली गाविसका ११, मादनकँडारीका नौ, गोठपानीका दुई, मेच्छेपौवा, बिर्तादेउराली र पोखरीचौरी रामेछापको गुन्सी भदौरे र लखनपुर गाविसका एक÷एक जनाको ज्यान गएको थियो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण